शनिबार, कात्तिक १, २०८२

रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा प्रहरीले एक जना रिक्सा चालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

जियालाल साह

जियालाल साह

शुक्रबार, पुस ३०, २०७८

पर्सा- पर्सा प्रहरीले एक  जना रिक्सा चालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। भारत विहार वैशाली जिल्ला महुवा ग्राम पञ्चायत हाल वीरगन्ज महानगरपालिका-३ मा बस्दै आएका ई-रिक्सा चालक मुख्तार मियाँको हत्या आरोपमा चिनजानकै साथी नाता पर्ने दुई जना मुख्य आरोपीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

Kumaribank

पक्राउ पर्नेमा मुख्य आरोपी भारत विहार राज्य पूर्वुचम्पारण मोतीहारी-६ घरभई छपकैयामा बस्दै आएका ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने २२ वर्षीय निकेश पटेल रहेका छन्। 

त्यसैगरी हत्यामा सघाएका भारत विहार जिल्ला मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर-३ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ३ हाल छपकैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल, त्यसैगरी विहार नै घर भएका हाल वीरगन्जको छपकैयाँ बस्ने ३५ वर्षीय बक्सर भन्ने नाजिर हुसैन र छपकैया ३ बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट मृतकको अटो रिक्सा, हत्याका लागी प्रयोग गरेको फलामको रेन्च, ज्याकेट, जुतालगायत सामान बरामद गरेको छ।

गत पुस २२ गते वीरगन्ज महानगरपालिका-२३ इटियाहीस्थित नहरमा हत्या गरी फालेको अवस्थामा मियाँको शव बरामद भएको थियो। पुस २२ गते ई-रिक्सा सहित हराइरहेको भन्दै खोजतलासका लागि उनकी श्रीमतीले दिएको निवेदनको अधारमा पर्सा प्रहरीले खोजविन गर्दैजाँदा नहरमा उनको शव फेला परेको थियो।

Metro Mart

आपसी झगडा र आर्थिक प्रलोभनले घटना घटाएको अनुसन्धानले देखाएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।

प्रकाशित: Jan 14, 2022| 07:50 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।