बिहीबार, भदौ ४, २०८३

सात दिनकी सुत्केरी परीक्षा भवनमा

धवलागिरि गाउँपालिका–४ मुदी चनिषा घर्तीमगरले सात दिनको सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी छिन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

गलेश्वर- धवलागिरि गाउँपालिका–४ मुदी चनिषा घर्तीमगरले सात दिनको सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी छिन्।

जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकाम म्याग्दीस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्।

विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत घर्तीमगरले पाँच ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जनाए।

‘हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौं,’ प्रअ सुवेदीले भने। उनका अनुसार सामान्य विद्यार्थीजस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी हुन्।

विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा र बच्चाको अवस्था भने सामान्य रहेको बताइन्। गत जेठमै सम्पन्न हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि प्रकाश माविले आइतबारदेखि परीक्षा सुरु गरेको हो।

परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति देखिएको छ। महामारीका कारण वैशाखदेखि अनलाइन कक्षाको भरमा पढेका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन्।

कक्षा ११/१२ तर्फका संयोजक कविराम थापाले कक्षा ११ का कुल २ सय ४५ विद्यार्थीमध्ये २ सय ३७ जना परीक्षामा सहभागी भएको जानकारी दिए।

प्रकाशित: Aug 06, 2021| 08:44 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।