शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • रेल सञ्चालनमा नआउँदै कार्यकर्ता भर्तीकेन्द्र बन्यो नेपाल रेल्वे

रेल सञ्चालनमा नआउँदै कार्यकर्ता भर्तीकेन्द्र बन्यो नेपाल रेल्वे

त्यो समयमा पनि सत्ताधारी दल नजिकका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको आरोप लगाइएको थियो। यद्यपि १ सय ५१ जनामध्ये ६५ जना रेल्वेमा काम गरिसकेका कर्मचारीहरु समेत थिए। बाँकी आसेपासेलाई नियुक्त गरिएको आरोप लाग्यो। तर अहिले आएर १५१ जनामध्ये एक जनालाई पनि तालिममा सहभागी गराइएको छैन।
 |  बिहीबार, पुस २९, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, पुस २९, २०७८

जनकपुरधाम- रेल्वे सेवा सञ्चालनमा नआउँदै कर्मचारी भर्ती केन्द्रमा परिणत भएको छ। महाप्रबन्धक फेरिनेबित्तिकै कर्मचारी पनि हटाउन र नयाँ नियुक्त गर्न थालेपछि यति बेला नेपाल रेल्वे विवादमा तानिएको छ। धनुषाको इनर्वामा डेढ वर्षदेखि त्रिपालमुनि छोपेर राखिएको नेपाली रेल केही दिनअघि पुनः परीक्षण गरिएको थियो।

triton college

पुनः परीक्षण गरिए पनि रेल कहिलेदेखि सञ्चालनमा हुने टुंगो छैन। तर सत्ताधारी दल निकट कार्यकर्ताको जागिर खाने ठाउँमा परिणत भएको छ। यद्यपि रेल्वे प्रशासनले माघ अन्तिमसम्म रेल सञ्चालनमा आउने दाबी गरेको छ। रेल्वे ट्रयाक र इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षण गरिएको थियो।

रेल्वे सञ्‍चालनकै लागि यसअघि १ सय ५१ जना कर्मचारीलाई भर्ना गरिएको थियो। ती कर्मचारीलाई २०७८ वैशाख महिनादेखि जेठ महिनासम्म तालिमसमेत दिइयो। त्यति बेला सत्ताधारी दल नजिकका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको आरोप लगाइएको थियो। यद्यपि १ सय ५१ जनामध्ये ६५ जना रेल्वेमा काम गरिसकेका कर्मचारी थिए। बाँकी आसेपासेलाई नियुक्त गरिएको आरोप लाग्यो।

महाप्रबन्धक झाले तोकादेशका आधारमा ५५ जना नयाँ कर्मचारी भर्ना गरे। उनले भर्ना गरेका नयाँ कर्मचारीसमेत जसपा तथा नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ता रहेकाे आरोप छ।  
यसअघिको रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका कर्मचारी हटाएर फेरि नयाँ भर्ना गरिएको छ। ती कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ। अहिले १५१ जनामध्ये एक जनालाई पनि तालिममा सहभागी गराइएको छैन।

रेल्वेका महाप्रबन्धक निरञ्‍जन झाले पुराना सबै कर्मचारीलाई एक प्रेस विज्ञप्ति जारी गरी हटाउन लगाएका थिए। त्यसलगत्तै महाप्रबन्धक झाले तोकादेशका आधारमा ५५ जना नयाँ कर्मचारी भर्ना गरे। उनले भर्ना गरेका नयाँ कर्मचारीसमेत जसपा तथा नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ता रहेकाे आरोप छ।  

आफूहरुलाई हटाई ५ दलीय संयुक्त सरकारले आ–आफ्ना पार्टीका कार्यकर्तालाई भर्ना गरी तालिम दिन लागेको पुराना कर्मचारी अजयकुमार गोइतले आरोप लगाए। ‘हामीले प्रक्रिया पूरा गरेर तालिम लिएर दुई महिनासम्म कामसमेत गर्‍यौं, तर अहिले हामीलाई हटाइएको छ। नेपाल रेल्वे कुनै दलको कार्यकर्ताका लागि होइन,' गोइतले भने, ‘हामीलाई के आधारमा हटाएर कार्यकर्ताहरुको भर्ती केन्द्र बनाइएको छ, त्यो स्पष्ट हुनुपर्‍यो।’

corrent noodles
Metro Mart
नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन्। 

महाप्रबन्धक निरञ्‍जन झाले नियुक्त गरेका नयाँ कर्मचारीहरु तालिम लिँदै। 

पहिले तालिम लिएकालाई के कति कारणले हटाएर नयाँ भर्ना गरी किन तालिम दिइएको भन्‍ने प्रश्नमा रेल्वेका महाप्रबन्धक  झाले भने, ‘नयाँ पुरानो कर्मचारी के हो मलाई थाहा छैन, लोक सेवा आयोगले करारमा कर्मचारी भर्ना गर्न पाइँदैन भनेपछि मात्रै कानुन सम्मत ढंगले हटाएर दैनिक ज्यालादारीमा कमर्चारी भर्ना गर्न लागिएको छ।’

पुराना कर्मचारी आन्दोलित

नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन्। पुराना कर्मचारी हटाएर नयाँ ५५ जनालाई जनकपुरधामको मत्स्यपालन केन्द्रमा तालिमा दिन थालिएपछि उनीहरुले तालिमस्थलमै गएर विरोध जनाएका हुन्।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाई जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर हटाएपछि उनीहरुले आफूहरुलाई पुनः समायोजन गर्नुपर्ने माग गरेका छन्।

पछिल्लो पटक सहायक स्टेसन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरुलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफू अनुकूलका पार्टीका नयाँ कार्यकर्ताहरुलाई नियुक्त गरी तालिम दिन लागेको बताए। 

उनले गोप्य रुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिलाई राख्नु आफूहरुका लागि असह्य रहेको समेत बताए। उनले भने, 'हामीले यसअघि एक महिनाको तालिम लिएका छाैं। भुक्तानीसमेत बाँकी छ।'

यसअघि हटाइएका कर्मचारीहरु आन्दोलनमा। 

 पुराना कर्मचारीमध्येका सतिश ठाकुरले १५१ जना पुराना कर्मचारीले तालिम लिइसकेकाले आफूहरुलाई समायोजन गर्नुपर्ने माग गरेका छन्। रेल्वे सञ्चालनका लागि कर्मचारी आवश्यक भए पनि पुरानालाई नराखी नवनियुक्त महाप्रबन्धक झाले फेरि आफ्ना आसेपासेलाई नियुक्त गरेर तालिम दिनु दुःखद रहेको उनले बताए।

उनले नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्ति गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु आफूहरुलाई मान्य नहुने बताए। महाप्रबन्धक झाले भारतस्थित केआरसीएल कम्पनीका प्रशिक्षार्थीमार्फत नयाँ नियुक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको बताए। गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेसन मास्टरका लागि तालिम सञ्चालन भइरहेको छ।

महाप्रबन्धक झाले कानुनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियुक्त गरेको र नेपाल रेल्वे ऐनले दिएको अधिकारबमोजिम नै तालिम सञ्चालन गर्न लागिएको दाबी गरे। उनले कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानुनी प्रावधान नरहेकाले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे। झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौं कर्मचारीलाई हटाएका थिए। रेल सञ्चालनको टुंगो नलागेको भन्दै १५१ जना ज्यालादारी कर्मचारीलाई हटाइएको थियो।

तालिममा खर्च गरिएको १ करोड १५ लाख खेर गयो

अहिले ५५ जना नयाँ भर्ना गरिएका कर्मचारीलाई तालिम दिइँदै छ। यो तालिम एक महिनासम्म जनकपुरधाममै चल्नेछ। तर यसअघि भर्ना गरिएका १ सय ५१ जना कर्मचारी भर्ना गरिएकालाई समेत एक महिनाको तालिम दिइएको थियो। त्यो तालिम २०७८ साल वैशाख-जेठमा चलेको थियो।

पूर्व महाप्रबन्धक गुरु भट्टराईका अनुसार तालिममा १ करोड १५ लाख रुपैयाँ खर्च गरिएको थियो। यसका साथै तालिम लिन १ सय ५१ जनाले ४ सय रुपैयाँ र कार्यालय सहयोगी पदका लागि ३ सय रुपैयाँको दरले फाराम भरेका थिए। उनीहरुबाट उठाइएको रकमसमेत फिर्ता नगरिएको पुराना कर्मचारीहरुको आरोप छ।

८० लाख रुपैयाँ तालिममा र ३५ लाख तालिमसँग सम्बन्धित अन्य विषयमा खर्च गरिएको भट्टराईले जानकारी दिए। तालिम लिइसकेका व्यक्तिलाई फेरि तालिमबाट वञ्चित गराएर राज्यको कोषको दुरुपयोग रहेको उनले आरोप लगाए।  

पूर्वमहाप्रबन्धक भट्टराईले आफूले आफ्नो पालामा रेलमै काम गरेकाहरुमध्ये पुराना ६५ जनालाई घरघरबाट खोजेर ल्याएको दाबी गर्दै पहिला रेलमा काम गर्ने जनशक्तिहरुलाई खोजी-खोजी ल्याएर काममा फर्काएको बताए।

यता महाप्रबन्धक झाले यसअघि पनि तालिम भएको छ भन्ने विषयमा प्रमाण देखाउन चुनौती दिए।

नयाँ कर्मचारी भर्ना गर्न पैसा लिइयो : पूर्व महाप्रबन्धक भट्टराई

नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले विभागीय मन्त्रीले नै पैसा उठाएर नयाँ कर्मचारी राखेको आरोप लगाएका छन्। भट्टराईले प्रत्येक व्यक्तिसँग दुई देखि तीन लाखसम्म रुपैयाँ असुल गरी रेल्वेमा जागिर दिएर तालिम गराउन लागिएको आरोप लगाएका हुन्। 

आफ्नो पालामा कर्मचारी नियुक्त गरेर उनीहरुलाई तालिम दिई रेल्वे सञ्चालनका लागि पूर्णरुपमा तयार रहेको अवस्थामा आफूसँग स्पष्टीकरण माग्दा राजीनामा दिनुपरेको भट्टराईको भनाइ छ। उनले आफूसँगै पुराना कर्मचारीहरुलाई समेत बिचल्लीमा पारिएको गुनासो गरे। 

उनले भने,‘कर्मचारीको तालिम गत असारमै सम्पन्न गरेर रेल सञ्चालनका निम्ति प्रधानमन्त्रीलाई उद्घाटन मिति तय गर्नसमेत आह्वान गरिसकेका थियौं। त्यो बीचमै मसँग स्पष्टीकरण मागियो। मैले राजीनामा दिएँ। सबैको बिजोग भयो।’

यसअघि भर्ती गरिएका कर्मचारीलाई हाजिर नगर्न जारी गरिएको सूचना।

पूर्वमहाप्रबन्धक भट्टराईले आफूले आफ्नो पालामा रेलमै काम गरेकाहरुमध्ये पुराना ६५ जनालाई घरघरबाट खोजेर ल्याएको दाबी गर्दै पहिला रेलमा काम गर्ने जनशक्तिलाई खोजी-खोजी ल्याएर काममा फर्काएको बताए। अहिले पुराना कर्मचारीलाई तलब नै नदिई महाप्रबन्धक झाले उनीहरुलाई अचानक निकाल्नु उनको गैरजिम्मेवारीपन रहेको आरोप लगाएका छन्।

ज्यालादारीमा नियुक्ति गरिएका कर्मचारीलाई गैरकानुनी ठहर गर्दै नयाँलाई 'कोठा'बाट नै नियुक्त गरिएको उनको आरोप छ। उनले भने,‘न सूचना छ, न विज्ञापन। भित्रभित्रै सेटिङ मिलाएर नजिकका मान्छेलाई नियुक्त गरिएको छ।’ पूर्वमहाप्रबन्धक भट्टराईले महाप्रबन्धक झाले दुलोभित्र बसेर नियुक्ति बाँडेको आरोप लगाएका छन्।


 

प्रकाशित: Jan 13, 2022| 17:20 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।