काठमाडौं- निकै नै लयमा देखिएका फ्रान्सका केलियन बाप्पे र क्रोएसियाका लुका मोड्रिक जस्ता खेलाडीलाई रोक्न जरुरि छ। उनीहरुले जति बेलापनि गोल गर्न सक्ने सामार्थ्य राख्न सक्दछन्। ती स्टार खेलाडीमाथि विजयी गर्न फाइनल खेलमा उनीहरुले गोलरक्षकमा ध्यानदिनु पेर्न देखिन्छ।
त्यसैले दुबै टिमको पहिलो रोजाइमा फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र क्रोएसियाका डेनिजेल सुवासिक रहेका छन्। यतीबेला उनीहरु उत्कृष्ट लयमा रहेका छन्। चमत्कारिक बचाउको निरन्तर आपुर्ती क्रमशः यो फाइनल खेलमा पनि देखाउने छन्।
फ्रान्सः
ह्युगो लोरिस
उमेरः ३१ बर्ष
क्लबः टोटनह्याम हट्सपर
रुस विश्वकप २०१८ सुटआउटः ४
ह्युगो लोरिसले फ्रान्सेली टोलीमा एक स्थिरता ल्याएका छन्। जसमा उनको सबैभन्दा आवश्यक छन्। उनी फ्रान्सका लागि नं.१ २००९ मा बने र पछिल्लो दशकमा उनले विशाल अनुभव हासिल गरे। उनले बेल्जियमका विरुद्ध खेलेसँगै फ्रान्सका लागि १०३ खेल खेले। जो एक उल्लेखनिय कार्य पनि हो। उनी फ्रान्सको इतिहासमा सबैभन्दा बढि खेल खेल्ने गोररक्षक बने।
विश्वकपको दौरानमा उनलाई देखेका छौ की उनको स्तरको तह घटेको छैन। उनी एक उत्कृष्ट गोलरक्षक मात्र हैनन्, सबल कप्तान पनि हुन। उनको कप्तानीमा फ्रान्सले ७९ खेल खेलेको छ। जुन फ्रान्सेली फुटबल इतिहासमा अर्को रेकर्ड हो। लोरिस विश्वकप २०१८ का एक सच्चा हिरोको रुपमा रहेका छन्। उनले पेरु, उरुग्वे र बेल्जियमविरुद्धको खेलमा उत्कृष्ट बचाउ गर्दै महत्वपुर्ण परिणामलाई सुरक्षित गरेका थिए।
रुस विश्वकप २०१८ मा उत्कृष्ट बचाउ
शिर्ष १६ मा उरुग्वेसँगको खेलमा उत्कृष्ट बचाउ गरेका थिए। खेल शुरु भएको केहि मिनेट र पहिलो हाफ सकिन केहि मिनेट अगाडि उरुग्वेका केहि सुट बचाउ गरेको लोरिसकालाई निकै नै तनावग्रस्त भएको थियो। तर फ्रान्सले ४० औं मिनेटमा १-० को अग्रता लियो। उरुग्वेले नजिकैबाट केहि सुट गरेका थिए। तर, लोरिसले आफ्नो कला देखाउदै उत्कृष्ट बचाउ गरे। अन्तमा उनले भनेका थिए, ‘यो बचाउ हैन, यो लगभग एक गोल हो।’
क्रोएसियाः
डानिजेल सुवासिक
उमेरः ३३
क्लबः मोनाको
रुस विश्वकप २०१८ सुटआउटः२
डानिजेल सुवासिकका लागि यो विश्वकप धेरै बलियो विश्वकप रहेको छ। क्रोएसियाले आफ्नो पहिलो तीन खेलमा एक गोल मात्र खायो। जहाँ सुवासिकले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए। पेनाल्टि सुटआउट अर्को कथा हो। क्रोएसियाले शिर्ष १६ मा डेनमार्क विरुद्ध टाई ब्रेकरमा ३-२ ले जित्दा क्वाटरफाइनलमा रुसलाई ४-३ ले पराजित गरेको थियो। सुवासिक विश्वकपमा ४ वा बढि सुट सुरक्षित गर्ने दोस्रो गोलरक्षक हुन । उनले पेनाल्टि सुटआउट रोक्दै आफुलाई वास्तविक हिरोको संकेत देखाई सकेका छन्।
रुस विश्वकप २०१८ मा उत्कृष्ट बचाउ
सुवासिकले डेनमार्कविरुद्ध तीन पेनाल्टि बचाउ गर्दै आफ्नो बहुमुखी प्रतिभा देखाए। उनले पहिलो पेनाल्टि डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिकसेनको बचाएका थिए। त्यसपछि लास्से स्चोने र निकोलाइ जोर्गेन्सेनको पेनाल्टि बचाए। तर, रुससाँगको पेनाल्टि सुटआउटमा उनी इनजुरी भएका थिए । उनले रुससँगको पेनाल्टि सुटआउटमा पहिलो बचाउ फेडोर स्मोलोभको गरे। जसले रुसलाई पछाडि पार्न सफल रह्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४