काठमाडौं- विश्वका प्रमुख सहर तथा व्यापारिक नगरहरूमा अहिले पनि आंशिक लकडाउन लागू गरिएको छ। लकडाउनको नियम स्थानअनुसार फरक-फरक भए पनि सबै स्थानमा ‘भौतिक मानवीय अन्तरक्रिया’ रोक्ने उद्देश्यले लकडाउन गरिएको छ। ती सहरमा लागु भएको लकडाउनलाई जे नाम दिए पनि त्यसको स्वरुप कर्फ्युसँग मिल्दोजुल्दो छ।
चिनियाँ साम्राज्यवादी युगमा सहरी व्यवस्थापनमा ‘रात्री कर्फ्यु’ अनिवार्यजस्तै थियो। ताङ वंश (सन् ६१८-९०७) को कानुनअनुसार सहरी क्षेत्रमा रातिको समयमा गेट बन्द हुने प्रविधि लागू गरिएको थियो।
बिहानको चारबजे मात्र उक्त गेट खुल्ला हुने गर्दथ्यो। रात्रीकालीन समयमा कोही नगर क्षेत्रमा प्रवेश गर्यो भने गेटमा जडान गरिएका स्वचालित घन्टी बजेर सुरक्षा संयन्त्रलाई जानकारी हुन्थ्यो।
सन् १३६८ देखि १६४४ सम्म चलेको मिङ वंशको शासनमा यो कानुन अझै कडा थियो। साँझको घन्टी ८ बजे र बिहानको घन्टी ४ बजे बज्ने व्यवस्था थियो। त्यसबेलासम्म नगर प्रवेश गर्ने नाकामा जडान गरिएका ढोका खोल्ने ड्रम बन्द हुन्थ्यो। कर्फ्यु अवज्ञा गर्नेलाई ३० देखि ४० कोर्रा र काठको लौरोले पिटेर सजाय दिने व्यवस्था थियो।
यस किसिमको निषेध कार्यान्वयन गर्न सुरक्षा गार्डको व्यवस्था गरिएको हुन्थ्यो। आवश्यक परेका नयाँ नाकामा साँझपख गेट राख्ने काम हुन्थ्यो। सरकारी अधिकारी, स्वास्थ्य सेवाका कर्मचारी र अन्य आपतकालीन अवस्थाका मानिसलाई मात्र नगर प्रवेश तथा आवतजावतको अनुमति हुन्थ्यो। तर औद्योगिक युग सुरु नभएको त्यसबेलाको अवस्थामा रात्रीकालीन कर्फ्युले मानिसहरूलाई खासै असर पुर्याउँदैनथ्यो। मानिसहरू स्वास्थ्य समस्या आउँदा तथा सामान ढुवानी गर्नका लागि मात्र रातीको समय उपयोग गर्थे।
चीनको सिचुवान प्रान्त र ग्रेट वाल नजिक रहेका केही नगरमा यस प्रकारको क्रफ्यु लाग्ने गर्दथ्यो। एक स्थानबाट अर्को स्थानमा जाने मानिसको उमेर र स्वास्थ्य जाँच गर्ने चलन आजभन्दा एक हजार वर्ष अधि नै सुरु भइसकेको थियो।
तत्कालीन समाजमा के विश्वास थियो भने, जो मानिस रातिको समयमा हिँडडुल गर्छ ऊ पक्कै पनि अवैधानिक काममा सक्रिय छ। समाजमा चलिआएको समयमा जुन काम गर्नुपर्ने संस्कार हुन्थ्यो त्यही समयमा उक्त काम गर्ने मानवीय स्वभाव विकसित थियो।
क्वीङ वंशको साम्राज्य (१६४४-१९१२) ताकाको लोक-कथाअनुसार जुवा-तास खेल्नेहरू दिनभरीको काम सकेपछि साँझमा सक्रिय हुन्थे। उनीहरू जुवा खेल्ने, नाचगान र रमाइलो गरेर राती अबेर घर आउँथे। तर सहरमा क्रफ्यु सुरु भइसकेको हुँदा ती जुवाडेहरू स्वास्थ्य समस्या र आपत परेको बहाना गरेर एक स्थानबाट अर्को स्थानमा पुग्थे।
चीनको सिचुवान प्रान्त र ग्रेट वाल नजिक रहेका केही नगरमा यस प्रकारको क्रफ्यु लाग्ने गर्दथ्यो। एक स्थानबाट अर्को स्थानमा जाने मानिसको उमेर र स्वास्थ्य जाँच गर्ने चलन आजभन्दा एक हजार वर्ष अधि नै सुरु भइसकेको थियो।
त्यतिबेला दादुरा लागेका बिरामीलाई हातले छोएर होइन लठ्ठी र कृतिम हातको प्रयोग गरेर जाँच गरिन्थ्यो। ढुङ्ग्री भएको बाँस, निगालो र लठ्ठीले टाढैबाट औषधी सेवन गराइन्थ्यो। संसर्गबाट फैलिने रोग छ भने उसलाई बाक्लो जनसंख्या भएको स्थानबाट अलि छुट्टै राखिन्थ्यो। आजको क्वारेन्टाइनसँग मिल्दोजुल्दो उक्त व्यवस्थाका लागि छुटटै घर बनाइएको हुन्थ्यो।
दादुराको आधुनिक भ्याक्सिन १८औं शताब्दीमा बेलायतका इडवार्ड जेनरले बनाएका थिए। दादुरा तथा छालाको संक्रमण हुने महामारी प्राचीन विश्वको मुख्य समस्या थियो। तर, ताओ धर्म मान्ने जी होङ (सन् २८३-३४) नामका एक वैद्यले सन् २३ देखि २६ सम्म चीनमा फैलिएको छालाको रोग दादुरा भएको पत्ता लगाएका थिए।
मिङ वंश (१३६८-१६४४) को शासनमा मध्य चीनमा फैलिएको दादुरा छालामा संक्रमण रोक्ने एन्टिबायोपटक समानको जडिबुटी प्रयोग गरी सफलतापूर्वक रोकिएको चीनियाँ इतिहासमा उल्लेख छ।
(लेखक वी केक कुनको यो लेख ‘साउथ चाइना मर्निङ पोस्ट’बाट अनुवाद गरिएको हो।)