सोमबार, साउन ४, २०८३

क्रोएसियाले रच्ला त इतिहास ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ । ‘ग्रुप अफ डेथ’ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै फाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो । 

त्यसैले फाइनलमा पनि क्रोएसियाले फ्रान्सलाई पराजित गर्न सक्ने क्षमता राख्दछ । किनकी, क्रोएसियाले जारी विश्वकप यात्रामा उत्कृष्ट मानिएका टोलीलाई पनि पराजित गर्दै प्रमाण देखाएको छ ।

विश्वकपको फाइनलमा पुग्ने १३ औं राष्ट्रको रुपमा रहेको क्रोएसिया च्याम्पियन बने विश्वकप जित्ने नवौ राष्ट्र बन्ने छ । यतिमात्र हैन अहिलेसम्म फाइनल पुगेका मध्ये ८ टोलीले मात्रै उपाधि जित्दा क्रोएसियालाई विश्वकपले नयाँ च्याम्पियनको रुपमा पाउनेछ । अहिलेसम्म युरोपबाट मात्र १० राष्ट्रले फाइनलमा खेलेका छन् । 

क्रोएसियाको यो ऐतिहासिक यात्रामा कप्तान लुका मोड्रिक, इभान राकिटिच, इभान पेरिसिच, मारियो म्यान्जुकिच र गोलरक्षक सुवासिच हतियार हुनेछ ।

यता, उपाधिको दावेदार मानिएको फ्रान्स क्रोएसियालाई पराजित गर्दै विश्वकपका दोस्रोपटक च्याम्पियन बन्ने योजनामा हुनेछ । फ्रान्सको उपाधि यात्रामा टिनेजर केलियन बाप्पे, एन्टोइन ग्रिजम्यान, पल पोग्वा र ह्युगो लोरिस सारथी बन्नेछन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई खेलाडी र म्यानेजरको हैसियतमा विश्वकप जित्ने महत्वपूर्ण अवसर आएको छ ।

फ्रान्सले उपाधि जितेमा डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रानज बेकेनवाअरले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्न सफल भएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।