बिहीबार, चैत १२, २०८२

विश्वकप फाइनल हेर्ने 'नेपाली धमाका'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जुन १४ बाट शुरु भएको २१ औैं संस्करणको विश्वकप २०१८ लार्इ नेपालीले पनि उत्सव रुपमै मनाए। थुप्रै नेपालीले विश्वकपमा सहभागी भएका टोलीलाई समर्थन गरे। आफ्नो समर्थन टोलीको जर्सी लगाउँदै मज्जैले समर्थन गरे। 

यती सम्म की फोटो सेसनदेखि समर्थन टोलीको फ्यान क्लब भन्दै नारा जुलुस र बाइक र्‍याली सम्म निकाले। निकै नै राम्रा तथा विश्वकपका दाबेदार मानिएका नाम चलेका देशका फुटबल टिम र खेलाडी यस विश्वकपमा त्यति चल्न सकेनन्। कुनै दाबेदार टोली मानिएका टोली समूह चरणबाटै बाहिरिए भने कुनै प्रि-क्वार्टरफाइनल र क्वार्टरफाइनलबाट बाहिरिए। 

सेमिफाइनलमा नयाँ र केहि बर्ष पहिले विश्वकप विजेता टोली सेमिफाइनल पुगे। यस पटकको विश्वकपमा अपत्यारिलो नतिजा आयो र नेपाली समर्थक निरास भए। प्राय नेपाली समर्थन भएका टोली विश्वकपबाट बाहिरी सकेका छन्। तर, पनि नेपाली विश्वकपको फाइनल खेलको मज्जा लिन प्रतिक्षारत छन्। एक महिना चलेको यस विश्वकपमा रमाउन धेरै जसो नेपालीहरुले सार्वजनिक स्थल तथा होटेल, क्याफे र रुफ-टफमा गएर हेरे।
 
फाइनल खेल आज (आइतबार) राती ८:४५ बजे रुसको राजधानी मस्कोस्थित लुझनिकीस्टे डियममा हुँदैछ। संसारभरको आधा जनसंख्याले विश्वकपको प्रत्यक्ष प्रसारण हरे। नेपालमा पनि विश्वकप हेर्ने दर्शक लाखौँको संख्यामा रहे। तर, विश्वकप फाइनल खेल भने हाल सम्म विश्वकप नहेरेका नेपाली पनि प्रतिक्षारत छन्। त्यती मात्र हैन साथीहरु सँग बसेर होटेल वा सार्वजनिक स्थलमा गएर हेर्ने योजना बनाई रहेका छन्।
 
घरमा सानो टेलिभिजनमा भन्दा रेष्टुरेण्ट तथा सार्वजनिक स्थलमा प्रयोग गरिएका प्रोजेक्टरमा बसेर ठूलो पर्दामा विश्वकप हेर्दा बेग्लै मज्जा आउने एक विश्वकप समर्थक जिवन काफ्लेले बताए। यति मात्रै होईन, सार्वजनिक स्थाल र चोकमा पनि प्रोजेक्टरमा फुटबल हेर्नेहरुको ठूलो भिड लाग्ने अनुमान गर्न सकिन्छ । उनले भने, ‘आज म पनि साथीहरु सँग बसेर ठूलो पर्दामा विश्वकप हेर्ने योजनामा छु र फाइनल खेलको मज्जा लिने छु।’

फाइनलको लाईभ हेर्न नेपाली फुटबल खेलाडी, कोच सिनेकर्मीलाई पनि लालायत छन्। ठूलो पर्दामा विश्वकप हेर्दा प्रत्यक्ष रंगशालामै खेल हेरेका अनुभूति दिलाएको अर्का दर्शक खगेन्द्र बिष्टले बताए। किनकी रंगशालामा हजारौ दर्शकहरुको जमात हुन्छ तर, ठूलो पर्दामा विश्वकप हेर्दा सानो स्थानमा पनि सयौ जनाको जमात हुँदा विश्वकपको छुट्टै मज्जा आउने बिष्टले बताए।
 
नेपाली दर्शकमा मात्र विश्वकप छाएन। विश्वकप नेपाली व्यापारीहरुमा समेत राम्रैसँग छायो। नेपाचली व्यापारीहरुले विभिन्न उपभोग्ये वस्तुहरुमा छुट समेत दिए।  होटेल, क्याफे र रुफ-टफमा विश्वकपको फाइनल खेल हेर्दा खेल अवधिभर विभिन्न लाईभ म्युजिकको छुट्टै मज्जा लिन पाउने भएकाले झनै नेपाली समर्थक फाइनल खेल होटेल, क्याफे वा रुफ-टफमा गएर हेर्ने योजनामा छन्।

लायकु क्याफे, लाउञ्ज एण्ड बार बसन्तपुर दरबार स्क्यवायर क्षेत्रभित्र रहेको यो बारले पनि आफ्ना ग्राहकलाई प्रोजेक्टरको माध्यमबाट विश्वकप हेर्ने व्यवस्था गरेको छ। लायकु बारमा ३ सय जनासम्मले एकैपटमा विश्वकप हेर्न सक्ने छन्। त्यस्तै, मध्यबानेश्वरमा रहेको डाईनिंगपार्कले पनि विश्वकप देखाउने देखाई रहेको छ। 

२ सय जनाले एकैपटक विश्वकप हेर्न सक्ने क्षमता भएको यस पार्कले विश्वकप अवधिभर आफ्ना ग्राहकलाई रोचक गेम समेत खेलाएको थियो। कमलादीमा रहेको लिटिल इटालीले पनि विश्वकप फाइनल खेल देखाउदै छ। यसअघिका वर्षमा पनि निरन्तर विश्कप देखाउँदै आएको थियो।

उपत्यकाका विभिन्न चोक, सर्वाजनिक स्थान र रेष्टुरेण्टमा विश्वकपको फाइनल खेलका देखाउने भएपछि नेपाल प्रहरीले पनि उपत्यकाको सुरक्षा व्यवस्था चुस्त राख्ने बताएको छ। फुटबल देखाईने स्थानमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।