शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • पृथ्वीनारायणप्रति राष्ट्रपतिदेखि पूर्वराजासम्मको सम्मान [१० तस्बिरमा]

पृथ्वीनारायणप्रति राष्ट्रपतिदेखि पूर्वराजासम्मको सम्मान [१० तस्बिरमा]

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रपतिदेखि पूर्वराजासम्मले सम्मान प्रकट गरेका छन्।
 |  मंगलबार, पुस २७, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, पुस २७, २०७८

vianetvianet

काठमाडौं– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रपतिदेखि पूर्वराजासम्मले सम्मान प्रकट गरेका छन्। राष्ट्रिय एकता दिवस एवम् ३०० औं पृथ्वी जयन्तीका अवसरमा मंगलबार सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेर राष्ट्रपति, पूर्वराजा र सर्वसाधारणले पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका हुन्। 

triton college

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह। तस्बिर : दिनेश श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलढोकामा पुगेर त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेकी थिइन्।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताको सालिकमा माल्यार्पण गरिएको थियो। 

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरे। यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि राष्ट्रनिर्माताको सालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका थिए।

National life insurance

यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो। शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले  पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे। शाहले मध्याह्न साढे १२ बजे सालिकमा माल्यार्पण गरेका हुन्। पूर्वराजा त्यहाँ पुग्दा सर्वसाधारणले उनका पक्षमा नाराबाजी गरेका थिए। 








प्रकाशित: Jan 11, 2022| 14:11 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।