शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जसपाको आन्तरिक किचलो प्रदेशसम्मै, भट्टराई पक्षले गर्‍यो प्रशिक्षण बहिष्कार

जसपाको आन्तरिक किचलो प्रदेशसम्मै, भट्टराई पक्षले गर्‍यो प्रशिक्षण बहिष्कार

प्रशिक्षणमा भट्टराई पक्षलाई बोलाइएको छैन। तर भट्टराई पक्षीय नेताहरु भने अध्यक्ष यादवले पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि प्रशिक्षण बहिष्कार गरेको बताउँछन्। सोमबार सुरु भएको प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ।
 |  मंगलबार, पुस २७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, पुस २७, २०७८

जनकपुरधाम –  जनता समाजवादी दलभित्रको विवाद प्रदेशस्तरसम्म पुगेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आयोजना गरेको प्रशिक्षण कार्यक्रम बाबुराम भट्टराई र महेन्द्र यादव पक्षले बहिष्कार गरेका छन्। जसपा प्रदेश २ को सत्ताधारी दल हो। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिवासमा जारी छ।

triton college

प्रशिक्षणमा भट्टराई पक्षलाई बोलाइएको छैन। तर भट्टराई पक्षीय नेताहरु भने अध्यक्ष यादवले पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि प्रशिक्षण बहिष्कार गरेको बताउँछन्। सोमबार सुरु भएको प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ। 

कार्यक्रममा विभिन्न ११ वटा विषयमा प्रशिक्षण दिइने जनाइएको छ। सोमबार २ विषयमा प्रशिक्षण दिइएको छ भने मंगलबार र बुधबार ९ वटा विषयमा प्रशिक्षण दिइने पार्टीले जनाएको छ। पार्टीभित्र देखिएको किचलोका कारण प्रशक्षिणमा यादव र भट्टराई पक्षधर नेताकार्यकर्ताले बहिष्कार गरेको उनी निकट नेताहरूले बताएका छन्। पार्टीभित्र केही समयदेखि भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद छ। 

अध्यक्ष यादवले पार्टीभित्र आफूखुसी निर्णय गर्न थालेपछि भट्टराई पक्षधर नेताहरु असन्तुष्ट छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव हुन्। यस्तै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई छन् भने अशोक राई वरिष्ठ नेता हुन्। महन्थ ठाकुर समूहसमेत पार्टीमा रहेको बखत एकै ठाउँमा उभिएका यी नेताहरुबीच अहिले सम्बन्ध चिसिएको छ।

इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव मात्रै होइन, कृषिमन्त्री महेन्द्र यादव समेत उपेन्द्रको एकलौटी गर्ने प्रवृत्तिविरुद्ध छन्।  

विवादको बिउ भने संघीय सरकारमा मन्त्री छनोटमा क्रममा देखिएको थियो। यतिबेला विवाद सतहमै देखिएको छ। गठबन्धन सरकारमा जसपाका तर्फबाट मन्त्री छनोट गर्न जसपाको कार्यकारिणी समितिले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता राईलाई जिम्मेवारी दिएको थियो। तर  यादवमाथि आफू निकट नेताहरुलाई मात्रै मन्त्रीमा पठाएको आरोप छ।संघीय परिषद् अध्यक्ष भट्टराईको सिफारिसमा एक जनालाई पनि मन्त्री नबनाएपछि जसपाभित्र असन्तुष्टि चुलिएको थियो।

corrent noodles
Metro Mart

कार्यकारी निर्णयको अधिकार यादवमा मात्रै रहँदा अन्य नेताहरु निरीह छन्। स्रोतका अनुसार पार्टी विभाजन हुँदा यादवले इस्तियाक राईदेखि प्रदीप यादवसम्मलाई मन्त्री बनाउने आश्वासन दिएका थिए। तर सरकारमा अरूलाई नै पठाएपछि राई र यादवसमेत असन्तुष्ट छन्। इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव मात्रै होइन, कृषिमन्त्री महेन्द्र यादव समेत उपेन्द्रको एकलौटी गर्ने प्रवृत्तिविरुद्ध छन्।  

महोत्तरीको बर्दिबासमा जारी जसपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका सहभागी।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयनमा पनि यादवले एकलौटी गरेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ। दुई सिटमा उम्मेदवारी दिएको जसपाले आफू पक्षधर नेताहरुलाई मात्रै पठाएका छन्। यादवले निर्णय गर्दा पार्टीमा सामूहिक रुपमा छलफल नगर्ने र आफूखुसी निर्णय गर्ने गरेकाले पार्टीभित्र किचलोको कारण बन्न पुगेको हो। 

जसपाको प्रादेशिक प्रशिक्षण कार्यक्रममा जसपा प्रदेश समितिका उपाध्यक्ष सुशील यादव पनि सहभागी छैनन्। उनले प्रदेश समिति स्वायत्त नरहेको भन्दै असन्तुष्टि जनाए। यादवले भने, ‘कुन नेतालाई बोलाउने, कसलाई नबोलाउने विषयमा निर्णय गर्ने अधिकार प्रदेशमा हुनुपर्छ। तर केन्द्रीय अध्यक्षजीको एकलौटी निर्णयका कारण समस्या निम्तिएको छ।’ पार्टी संगठन स्वायत्त रहेकाले यसलाई स्वायत्तताका आधारमा काम गर्न दिनुपर्ने उनको जोड छ। उनले भने, ‘तर त्यो नदेखिएकाले आफूहरु प्रशिक्षणमा सहभागी नभएका हौं।’ यादवले पार्टी उन्नत किसिमको लोकतन्त्रका पक्षमा छ भने त्यहीअनुसार व्यवहार देखाउनुपर्नेमा बताए। 

पार्टी विधानमा दुई अध्यक्षको व्यवस्था छ। भट्टराई पक्षधर नेताहरु भट्टराईलाई अर्को अध्यक्षको जिम्मेवारी दिएर अध्यक्ष उपेन्द्र यादवको हैकमवादी चरित्रलाई रोक्नुपर्ने पक्षमा छन् तर यादव पक्षधर नेताहरु भने भट्टराईलाई त्यो पद नदिएर विधान संशोधन गरेर एक अध्यक्षको पक्षमा छन्।

प्रकाशित: Jan 11, 2022| 13:25 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।