शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वडाध्यक्ष नै विद्यालयको जग्गा कब्जा गर्ने प्रयासमा, प्रधानाध्यापक अदालतको शरणमा

वडाध्यक्ष नै विद्यालयको जग्गा कब्जा गर्ने प्रयासमा, प्रधानाध्यापक अदालतको शरणमा

२०७५ वैशाखमा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठनपाठनमा समस्या हुँदै आएको छ। कित्ता नम्बर ५३ मा एक पोखरीसहित ३ विगाहा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ।
 |  मंगलबार, पुस २७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, पुस २७, २०७८

triton college
corrent noodles
Metro Mart

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा रहेको राजर्षि जनक माध्यमिक विद्यालयको स्थापना ६ दशकअघि भएको थियो। सो क्षेत्रको शिक्षा उत्थानका लागि  स्थापना भएको सो विद्यालयको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ।

विद्यालय परिसर र विद्यालय मातहतका पोखरी सोही वडाका वडाध्यक्ष रामेश्वर महासेठले स्थानीयवासीलाई छलेर किर्ते लालपूर्जा बनाएको खुलेको छ। विद्यालयको संरक्षण गर्न र किर्ते लालपूर्जा बदर गर्न भनेर विद्यालयका प्रधानाध्यकदेखि गाउँका स्थानीय समेत अहिले दैनिक बैठक र छलफलमा जुटेका छन्।

२०७५ वैशाखमा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठनपाठनमा समस्या हुँदै आएको छ। कित्ता नम्बर ५३ मा एक पोखरीसहित ३ विगाहा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ।

२०१५ सालमा स्थापना भई विधिवत् रुपमा २०१७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयको सम्पत्तिमा वडाध्यक्ष महासेठ परिवारले आँखा लगाएको स्थानीयबासी र प्रधानाध्यापकको आरोप छ। विद्यालयको जग्गा किर्ते गरेको आरोपमा लालपुर्जा बदर गरिपाउँ भनी विद्यालयको तर्फबाट आफूले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको प्रधानाध्यापक विरेन्द्रप्रसाद यादवले बताए। त्यति मात्र नभई प्रअ यादवले आफूलाई महासेठ परिवारले प्रलोभन समेत दिने गरेको बताएका छन्। विद्यालयको मुद्दा हाल जिल्ला अदालतमा विचाराधीन छ र पछिल्लो पेशी भोलि बुधबारका लगि तोकिएको छ।

२०७५ वैशाखमा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठनपाठनमा समस्या हुँदै आएको छ। कित्ता नम्बर ५३ मा एक पोखरीसहित ३ विगाहा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ।

विद्यालयको सम्पत्ति उपरमा वडाध्यक्ष परिवारको गिद्दे नजर पर्नु दुर्भाग्यपूर्ण रहेको स्थानीय बताउँछन्। युवा नेता सुरेश कोइरालाले विद्यालयको सम्पत्ति विद्यालयकै नाममा हुनुपर्ने र यसका लागि स्थानीय, समाजसेवी, राजनीतिकर्मी तथा शिक्षाप्रेमीको साथ र सहयोगको आवश्यकता रहेको बताए। अदालतले विद्यालयको जग्गा फिर्ता गर्ने विश्वास उनको छ।

तत्कालीन समयमा खाली सार्वजनिक जग्गामा पञ्चायत भवन, प्रहरी चौकी र स्कुल एक साथ सुरु भएको र पोखरी दनुवारको रहेको भन्दै २०२६ सालमा नापी कार्यालयको टोली आउँदा विद्यालयको नाममा नापनक्सा भएको थियो। स्थानीय समाजसेवी भोगेन्द्र रायले आफ्ना बाबुबाजेले स्थानीयको सहयोगमा २०१७ सालमा विद्यालय स्थापना गरेको बताएका छन्। महासेठ परिवारले विद्यालयका तत्कालिन प्रधानाध्यापक र प्रधानपञ्च एकै व्यक्ति  भएको अनुकूल पारेर विद्यालयको जग्गाको लालपुर्जा किर्ते गरेको आरोप स्थानीयको छ। यस विषयमा वडाध्यक्ष महासेठ भने केही बोल्न चाहेनन्।

वडा नम्बर २१ का युवा नेता शम्भु झाले विद्यालयको भवन वडाध्यक्ष रामेश्वर महासेठको निर्देशनमा भत्काउनु गैरकानुनी भएको भन्दै विद्यालयको भवन र जग्गा संरक्षण गर्नु आफ्नो कर्तव्य भएको बताए। २०१७ सालमा स्थापित राजर्षि जनक माध्यमिक विद्यालय कुर्थामा हाल ८ सयभन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा स्थायी, बालविकास र निजी गरेर १७ जना शिक्षक छन्।

प्रकाशित: Jan 11, 2022| 14:55 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।