शनिबार, जेठ ५, २०८१

याद आइरहनेछिन् उमा

उमा सिंहलाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ।
 |  मंगलबार, पुस २७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, पुस २७, २०७८

triton college
corrent noodles
Metro Mart

जनकपुरधाम- पत्रकारिता जगतमा सबैलाई झकझक्याइरह्ने उमा सिंहको हत्या भएको १३ वर्ष पूरा भएको छ। २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा रहेको समयमा उनलाई एक समूहले विभत्स हत्या गरेको थियो।

सो अज्ञात समूहबाट आक्रमणमा परी घाइते भएकी उमालाई उपचारका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर१ मिल्स एरियास्थित केयर मेडिकलमा ल्याइएको थियो। तर उपचार सम्भव नभएपछि उपचारकै लागि काठमाडौँ लाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

रेडियो टुडेमा कार्यरत सिंहलाई उनकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भइसकेको छ। यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको छ। यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए।

उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरका श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हा सघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो।

अदालतको ठहर अुनसार २०६८ जेठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेका थिए। उमा सिंहकी भाउजू ललिताले राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ वर्ष अगाडि सजाय माफी पाएकी छिन् भने पासमान अहिले पनि सजाय काटिरहेका छन्।

हत्याको कारण

उमाकी आमा सुशीला सिंहले केही जग्गा छोरीको नाममा गरेर विवाह गरिदिने योजना बनाएकी थिइन्। यो विषयमा उनकी आमाले भाउजू ललिता सिंहसँग सल्लाह गरिन्। तर भाउजू ललिताले यो प्रस्तावको विरोध गरिन्। ललिताले सम्पूर्ण सम्पति एकलौटी पाउनका लागि उमेश यादव, नेमलाल पासमान, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादवसँग मिलेर उमाको हत्या गरेको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक रामकृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ।

माओवादी नेता श्रवण यादव जो अहिले सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख पनि हुन्, उनले हत्याको एक महिनाअघि उमालार्ई अपहरण गर्ने प्रयास समेत गरेका थिए। तर अपहरण गर्न सफल हुन सकेनन्। यता उमेश यादवले उमालाई सम्पूर्ण जग्गा ललिताको नाममा दर्ता गरिदिनका लागि धम्की समेत दिँदै आइरहेका थिए। उमाको बुवाले उनको नाममा गरेको १० कठ्ठा जग्गा नै पारिवारिक कलहको रुप लिँदै हत्याको कारण बन्न पुगेको थियो।  

को हुन् उमा सिंह?

उमा सिंहलाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ। पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता रहेकी उमाले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरण प्रस्तुत गरेर यो संसारबाट विदा भइन्।

रेडियो टुडे, हिमालिनि म्यागजिनसहितका मिडियामा प्रायः महिला हिंसा र अन्यायमा परेकाहरुको बारेमा लेख्ने पत्रकार उमा सिंह सिरहा जिल्ला निवासी थिइन्। सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन्।

सिरहाकै पहिलो महिला पत्रकार समेत बन्न पुगेकी उनी जनकपुरधाम आउनुपूर्व लहानमा डेढ वर्षसम्म पत्रकारिता गरेकी थिइन्। पूर्वी तराईमा पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो। मिर्चैयामा हत्याको धम्की दिइएपछि असुरक्षाका कारण उनी जनकपुरधाम  पुगेकी थिइन्।

जनकपुरधामस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन् र छोटै समयमा मधेशकी एक मुख्य महिला पत्रकारको पहिचान बनाउन सफल भइन्। उनी यो संसारमा नभए पनि निष्पक्ष पत्रकारिता कसरी गर्ने भन्ने सिकाएर पक्कै गइन्। मधेशमा कैयौं युवाले उनीबाटै प्रेरित भएर पत्रकारिता समेत शुरु गरे। पत्रकारिता गर्नेहरुलाई उमा सधैँ याद आइरहने छिन्।

प्रकाशित: Jan 11, 2022| 06:45 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।