मंगलबार, मंसिर २३, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • ४४ वर्षपछि यसरी हस्तान्तरण भयो पद्मपाणि लोकेश्वरको मूर्ति [१० तस्बिरमा]

४४ वर्षपछि यसरी हस्तान्तरण भयो पद्मपाणि लोकेश्वरको मूर्ति [१० तस्बिरमा]

नक्सालस्थित शंकरदेव कीर्ति महाविहारबाट झन्डै ४४ वर्षअघि हराएको पद्मपाणि लोकेश्वरको मूर्ति स्थानीयलाई हस्तान्तरण गरिएको छ।
 |  आइतबार, पुस २५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, पुस २५, २०७८

काठमाडौं– नक्सालस्थित शंकरदेव कीर्ति महाविहारबाट झन्डै ४४ वर्षअघि हराएको पद्मपाणि लोकेश्वर (करुणामय) देउताको पूर्णकदको मूर्ति स्थानीयलाई हस्तान्तरण गरिएको छ। उक्त मूर्ति राष्ट्रिय संग्रहालयले आइतबार महाविहारअन्तर्गतको जात्रा तथा पर्व समितिका पदाधिकारीलाई हस्तान्तरण गरेको हो।

National life

यो मूर्ति करिब ९ सय वर्षपहिले निर्माण भएको अनुमान छ।  मूर्ति काठमाडौं महानगरपालिका– १ नक्सालको शंकर कीर्ति महाविहारबाट ४४ वर्षअघि हराएको थियो। मूर्ति भेटिएपछि आज बाजागाजा र जात्रासहित मूर्तिलाई बिहारमै फर्काइएको छ।

लोकेश्वरको उक्त मूर्ति २०३४ सालतिर हराएको थियो। मूर्ति हराएको लामो समयपछि स्थानीयले खोजबिनको माग गर्दै काठमाडौं प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले २०५९ सालमै ती मूर्ति राष्ट्रिय संग्रहालयको जिम्मा लगाएपछि स्थानीयहरू संग्रहालयमा पुगेका थिए।

हराएको मूर्ति र संग्रहालयमा रहेको मूर्ति उही हो भन्ने विषयमा लामो अध्ययन भएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्थानीयले उक्त मूर्ति पद्मपाणि लोकेश्वरकै हो भनेर विभिन्न प्रमाण पेस गरेका थिए। त्यसका आधारमा पुष्टि भएपछि पुरातत्त्व विभागको स्वीकृतिमा स्थानीयलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताए। उक्त मूर्तिलाई छाउनीबाट रथयात्रा गरी नक्साल लगिएको हो। बग्गी र गुरुजु सहितको पल्टनको र्‍यालीसहित मूर्तिलाई पुरानै ठाउँमा स्थापना गरिएको छ।

Laxmi sunrise bank
kumari











प्रकाशित: Jan 09, 2022| 14:00 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।