बिहीबार, मंसिर १८, २०८२

पर्सामा एकैदिन दुई बालबालिकाको शव फेला

पर्सामा आठ वर्षीय बालिकाको शव फेला परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्‍ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुन मृत अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको छ।
 |  शनिबार, पुस २४, २०७८

जियालाल साह

जियालाल साह

शनिबार, पुस २४, २०७८

पर्सा- पर्सामा आठ वर्षीय बालिकाको शव फेला परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्‍ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुन मृत अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको छ। 

National life

वीरगंज महानगरपालिका वडा नम्बर १६ रेल्वे रोडमा पर्ने नयाँ निर्माणाधिन घरको उत्तरपट्टी मृत अवस्थामा उक्त बालिकाको शव फेला परेको हो। बुवा हिन्दु र आमा मुश्लिम रहेको रिजवाना खातुनको हत्या गरी उज्यालो हुनुपुर्व बिहानै उक्त स्थानमा शव फालिएको हुन सक्ने पर्सा प्रहरीको अनुमान रहेको छ। 

हत्यामा संलग्‍न रहेको अवस्थामा पर्सा प्रहरीले सरोज कुशवाहाकै परिवारका तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले पारीवारका सदस्यबाटै हत्या भएको हुन सक्ने पर्सा प्रहरीको अशंका छ। शवको प्रकृति हेर्दा बालिकाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताए। पहिलो चरणको सोधखोजले परिवारजनकै संलग्नतामा घटना हुनसक्ने देखिएकाले घरपरिवारकै सदस्यहरुबाट अनुसन्धान सुरु गरिएको प्रवक्ता खनालले बताए। 

शनिबारको दिन भएकाले निर्माणधिन घरमा काम नभएकाले सुनसान रहेको अवस्थामा दिउँसो बालबालिकाहरु खेलिरहेको बेला उक्त बालिकाको शव देखेर अभिभावकलाई भनेपछि प्रहरीलाई खबर गरिएको थियो। 

शनिबार बिहान नै पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमास्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको गाउँको पूर्वपट्टी उखुबारीमा गम्छाले बेरिएर राखेको अवस्थामा शव फेला परेको थियो। 

Laxmi sunrise bank
kumari

चार दिनदेखि हराइरहेका बालक कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि निवेदनसमेत दिएका थिएनन्। शनिबार बिहान बालकको घाँटीमा गम्छा कसिएको शंकास्पद अवस्थामा शव फेला पारेको हो। घटनामा संलग्‍न भएको आशंकामा चार जनालाई निगरानीका लागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  


प्रकाशित: Jan 08, 2022| 20:25 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।