शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डेढ वर्षपछि पालबाहिर निकालियो नेपाली रेल

धनुषाको इनर्वामा डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ।
 |  शनिबार, पुस २४, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, पुस २४, २०७८

जनकपुरधाम– धनुषाको इनर्वामा डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ। परीक्षणकै लागि रेललाई पालबाहिर ल्याइएको हो। रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले जानकारी दिएका छन्।

triton college

यसअघि भारती रेल्वे कम्पनी कर्पोरेसन कोंकणबाट नेपाल सरकारले खरिद गरेको रेल नेपाली भूमिमा ल्याएको दिन परीक्षण गरिएको थियो। गत वर्ष असोज ३ गते नेपाली रेल नेपाली भूमिमा ल्याइएको थियो। कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए। त्यति बेला रेलको परीक्षण गरेर धनुषाको इनर्वामा पालभित्र राखेर थन्काइएको थियो।  


नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। ‘फेब्रुअरी १० भित्रै रेल गुडाउने हाम्रो तयारी छ’, महाप्रबन्धक झाले भने, ‘रेलको इन्जिन र ट्रयाकको अवस्था परीक्षणका लागि आज रेल गुडाइएको हो।’ यद्यपि रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निर्क्योल  हुने उनको भनाइ थियो।

Metro Mart
vianet

उनले दुई देशबीच सहमतिपछि रेल गुडाउने मिति तोकिने बताए। उनले भने, ‘दुई देशका प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकाले केही समय लाग्नेछ।’

रेल गुडाउन २६ जना भारतीय कर्मचारी

नेपालले खरिद गरेको आधुनिक रेल गुडाउन रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति खटाएको छ। ‘यसअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति थिए’, महाप्रबन्धक झाले भने, ‘हामीले न्यूनतम आवश्यक जनशक्ति परिचालन गरेर रेल सँचालन गर्ने तयारीमा लागेका छौं। कम्पनीले आर्थिक भारत कम गर्न कर्मचारी संख्या घटाएको हो। 

उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति परिचालन हुने जानकारी दिए। परीक्षणका लागि १४ जना शनिबार नेपाल आइपुगेका हुन्। भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका हुन्।

डकुमेन्ट्री बनाउनमा मात्र गुडाइएको हल्ला

पाल भित्र थन्काएर राखिएको नेपाली रेलको डकुमेन्ट्री बनाउने उद्देश्यले गुडाइएको समेत हल्ला चलेको छ। भारतको उत्तरप्रदेशमा विधानसभा निर्वाचन हुन लागेको छ। अयोध्या र जनकपुरधामबीच सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। उत्तर प्रदेशका मतदातालाई प्रभावित पार्नका लागि भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो उपलब्धि जनाउने उद्देश्यले डकुमेन्ट्री बनाउन लागिएको स्रोतले जनाएको छ। सोही डकुमेन्ट्री निर्माणकै लागि डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको घुम्टो उघारिएको हल्ला चलेको छ। महाप्रबन्धक झाले हल्ला निराधार रहेको दाबी गरे। 


‘यो नेपाली रेल हो’, महाप्रबन्धक झाले भने, ‘हामीले रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यले मात्रै नेपाली रेल अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौं।’ इनर्वाबाटै एक डकुमेन्ट्री निर्माण कम्पनीको क्यामराम्यान नेपाली तथा भारतीय अधिकारीहरुको साथमा जनकपुरधाम रेलमा सवार भएर आइपुगेका थिए। 

भारतीय चालक भन्छन् : स्थानीयको अवरोधले समस्या

नेपालको रेल धनुषाको इनर्वाबाट भारतीय कर्मचारी बीएन राय र पिटर साहबले गुडाएर जनकपुरधामको कुर्थासम्म ल्याएका थिए। राय चालक हुन् भने पिटर लोको इन्सपेक्टर। रेलको अवस्था राम्रै रहेको र ६ ट्रयाक पनि कन्डिसनमै रहेको चालक रायले बताए। उनले भने, ‘यो अत्याधुनिक रेल हो, यसमा समस्या चाँडै आउँदैन। रेलको अवस्था एक राम्रो छ।’

उनले रेल गुडाउन समस्या नभए पनि सर्वसाधारणको भीडले समस्या उत्पन्न गरिरहेको गुनासो गरे। जसका कारण रेल तीव्र गतिमा गुडाउन सक्ने स्थिति छैन। रायले भने,  ‘रेललाई उसको गतिमा गुडाउन समस्या छ। किनभने सर्वसाधारण ट्रयाकमा आइहाल्छन्, हर्न नदिएसम्म हट्दैनन्।’ यस्तो समस्या समाधान भए तीव्र गतिमा गुडाउन सकिने उनको भनाइ छ। नेपाली रेल १६०० एचपी डेमुको हो। रेलको अगाडि पछाडि दुवैतर्फ इन्जिन छ।


प्रकाशित: Jan 08, 2022| 15:56 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।