मंगलबार, असार ३०, २०८३

विश्वकपमा बेल्जियम तेस्रो : इंग्ल्यान्ड २-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप २०१८ मा बेल्जियम तेस्रो हुदै घर फर्किएको छ । तेस्रो स्थानका लागि रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई २–० ले पराजित गर्दै तेस्रो भएको हो । 

खेलको चार मिनेटमा नै गोल गर्दै बेल्जियमले शुरुवाती अग्रता लिएको थियो । शुरुवाती अग्रता बेल्जियमका थोमस मिउनिरेले दिलाएका थिए । उनले नासेर चाड्लीको पासलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए । 

शुरुवाती समय देखिनै दबाबमा राखे पनि इंग्ल्यान्डले गोल गर्न भने सकेन । पहिलो हाफमा १–० को अग्रता लिएको बेल्जियमले खेलको ८२ औं मिनेटमा बेल्जियमका कप्तान इडेन हाजार्डले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । उनले डि ब्रुइनको पासको सदुपयोग गर्दै गोल गरेका हुन् । 

बेल्जियमको यो सफलता विश्वकप इतिहासकै पहिलो सफलता हो । सन् १९८६ मा सेमिफाइनल पुगेको बेल्जियम अर्जेन्टिनासँग पराजिछत हुदै बाहिरिएको थियो ।

पछि तेस्रोस्थानका लागि भएको खेलमा फ्रान्ससँग ४–२ ले पराजित हुदै चौथो भएको थियो । विश्वकप २०१८ को समूह चरणको अन्तिम खेलमा आमने सामने हुदा बेल्जियम टोलीले इंग्ल्यान्डलाई १–० ले हराएको थियो । 

समूह चरणको अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यका साथ मैदान उत्रिएका थिए, तर इंग्ल्यान्ड २-० ले पराजित हुँदै चौथो भयो ।  

बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा २–१ ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन्  भने रोमेलु लुकाकुको ४ गोल छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।