काठमाडौं- रुसमा जारी विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा बेल्जियमको अग्रतासँगै पहिलो हाफ सकिएको छ । इंग्ल्यान्डविरुद्ध बेल्जियमको १-० को अग्रतासँगै पहिलो हाफ सकिएको हो । दुबै टोलीले पहिलो हाफमा पाएका अवसरहरुको सदुपयो गर्न नसके पछि खेल १-० मा सकिएको हो ।
बेल्जियमको अग्रताका लागि पहिलो हाफको एक मात्र गोल थोमस मिउनिरेले गरे । उनले खेलमो ४ मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् । रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा जारी खेलमा उनले नासेर चाड्लीको पासलाई उत्कृष्ट गोलमा परिणत गरेका हुन । शुरुवाती समय देखिनै दबाबमा राखे पनि इंग्लयान्डले गोल गर्न भने सकेको छैन् ।
विश्वकपको समूह चरणको अन्तिम खेलमा आमने सामने हुदा बेल्जियम टोलीले इङल्यान्डलाई १-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा रहेका छन् ।
बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १-० ले तथा इङल्यान्ड क्रोएसियासँग थप समयमा २-१ ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् भने रोमेलु लुकाकुको ४ गोल छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४