बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा 'निल'को जोखिममा एमाले, यस्तो छ अंकगणित

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा 'निल'को जोखिममा एमाले, यस्तो छ अंकगणित

माघ १२ गते १९ राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– नेकपा एमालेको जिल्ला अधिवशेनलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका निम्ति प्रतिकूल आउने बताए। यो ताजा जनादेशबाट आएका प्रतिनिधिहरुबाट छनोट हुने निर्वाचन नभएकाले नतिजा एमालेको विपक्षमा आउन सक्ने उनको भनाइ थियो। 

triton college

ओलीले भनेजस्तै माघ १२ गते १९ राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ। सातमध्ये ६ प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनका उमेदवारहरुले जित्ने करिब निश्चित जस्तै देखिएको छ। बाँकी एक नम्बर प्रदेशमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन नगरेको अवस्थामा त्यहाँ पनि एमाले पराजित हुने देखिएको छ। 

राष्ट्रिय सभा चुनावका लागि २ हजार २५ जना मतदाता छन्। जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ। यो चुनाव सबैभन्दा चुनौतीपूर्ण एमालेका लागि बनेको छ। 

ओलीले भनेजस्तै माघ १२ गते १९ राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ। 

सत्ता साझेदार दलहरुले तालमेल गरेर उमेदवारी दिएपछि एक्लै लडेको एमालेले अहिलेसम्म कुनै पनि दलहरुसँग तालमेलको औपचारिक निर्णय गरेको छैन। जबकि उम्मेदवारी दर्तादेखि उम्मेदवारको नामावली प्रकाशनको कामसमेत सकिसकेको छ। एक्लै राष्ट्रियसभा चुनावमा होमिएको एमाले सत्ता गठबन्धनसँग रहेको मतभन्दा हरेक प्रदेशमा कमजोर अवस्थामा छ। आगामी फागुनदेखि ७ प्रदेशबाट एमालेका ८ सांसद बिदा हुँदैछन्। प्रदेश १ बाट उसका ३ सांसद बिदा हुँदैछन् भने अन्य प्रदेशबाट ५ सांसद बिदा हुँदैछन्। अहिलेसम्मको अवस्था हेर्दा एमालेले यी आठै सिट गुमाउने जोखिम उच्च देखिन्छ। 

कुन प्रदेशमा कस्तो छ अंकगणित? 

corrent noodles
Metro Mart

निर्वाचन आयोगका अनुसार प्रदेश–१ बाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी तीन जनाका लागि मतदान हुँदैछ। उम्मेदवारी भने ८ जनाको परेको छ। एमालेबाट तीन, सत्ता गठबन्धनबाट तीन र राप्रपाबाट दुई जनाले उम्मेदवारी दिएका छन। प्रदेश १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन्। यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन्। 

प्रदेश १

प्रदेश १ मा ९ हजार ३ सय ४८ मतभार रहेको छ। यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, कांग्रेसको २६ सय १० माओवादी केन्द्रको ९ सय ६०, जसपाको २ सय १६, राप्रपाको १ सय २०, लोकतान्त्रिक समाजवादीको १ सय २६, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ र स्वतन्त्र एक सांसदको ४८ मतभार छ। यहाँ गठबन्धनको पक्षमा ४६६८ मत रहेको छ भने एमालेको पक्षमा ४५४२ मत छ।

यदि राप्रपाले सहयोग गर्यो भने पनि एमालेले जित्ने सम्भावना छैन। राप्रपासँगै कम्तिमा स्वतन्त्र एक प्रदेश सांसद वा लोकतान्त्रिक समाजवादीले समर्थन गर्नुपर्छ। आफैंले उम्मेदवार उठाएको राप्रपाले हालसम्म कसैलाई समर्थन गर्ने निर्णय गरेको छैन। यद्यपि दुई दलबीच अनौपचारिक छलफल भएको भएको छ। यदि एमालेले कसैको सहयोग नपाए यहाँबाट तीन सिट गुमाउने पक्का छ। 

प्रदेश २ 

प्रदेश नम्बर २ बाट महिला र अन्य समूहका गरी दुई जनाका लागि मतदान हुँदैछ। यहाँ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस प्रदेशमा ३ सय ७२ मतदाता रहेकोमा स्थानीय तहका २ सय ६८ मतदाता छन् भने प्रदेश सभाका १ सय ४ जना छन्। ९ हजार ८ सय १६ मतभार भएको यहाँ गठबन्धनको पक्षमा ७२५४ मत हुँदा एमालेको जम्मा ९४२ मतभार छ।  यदि १५६० मतभार भएको लोसपाले साथ दिएपनि यहाँ एमालेले जित्ने सम्भावना छैन। 

बागमती

बागमती प्रदेशबाट पनि महिला र अन्य समूहका गरी दुई जनाका लागि मतदान हुँदैछ। ३ सय ४६ मतदाता रहेका छन्। स्थानीय तहबाट २ सय ३७ मतदाता छन् भने प्रदेशसभाबाट १ सय ९ जना रहेका छन्। यहाँ कुल ९ हजार ४ सय ९८ मतभार छ। बागमतिमा गठबन्धनको मत ४९५६ छ भने एमालेको ४१५२ छ। यदि १ सय ४४ मतभार भएको विवेकशील साझा, १ सय ३२ मतभार भएको राप्रपा र ९६ मतभार भएको नेमकिपाले समर्थन गरेको अवस्थामा पनि एमालेले जित्ने सम्भावना छैन। 

गण्डकी 

गण्डकी प्रदेशबाट महिला, दलित र अन्य गरी तीन सदस्य निर्वाचित हुने छन्। यहाँ २ सय २९ जना मतदाता छन्। स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन्। यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ। गण्डकी प्रदेशमा गठबन्धनको पक्ष्मा ३२३४ मतभार छ भने एमालेको २५३८ मतभार छ। यहाँ पनि एमाले पराजित हुने करिब निश्चित देखिएको छ। 

लुम्बिनी 

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट पनि महिला, दलित र अन्य गरी तीन सदस्य चयन हुनेछन्। यहाँ स्थानीय तहबाट २ सय १५ जना मतदाता रहेका छन् भने प्रदेश सभातर्फ ८१ जना रहेका छन्। लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभार रहेको छ। लुम्बिनी प्रदेशमा गठबन्धनको ४३१४ मतभार छ भने एक्लै भिडेको एमालेको जम्मा ३२७६ मतभार छ। यहाँ पनि एमालेको पराजित हुने देखिएको छ। 

कर्णाली

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी तीन जनाका लागि निर्वाचन हुँदैछ। यहाँ स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन्। कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ। यहाँ गठबन्धनको २८९८ मतभार छ भने एमालेको १४३४ मतभार छ। यहाँ पनि एमालेको अवस्था खराब देखिएको छ। 

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा पनि महिला, दलित र अन्य गरी तीन जना सदस्यका लागि निर्वाचन हुनेछ। स्थानीय तहबाट १ सय ७५ मतदाता र प्रदेश सभाबाट ५२ जना मतदाता रहेको यस प्रदेशमा कूल ५ हजार ६ सय ६४ मतभार छ। त्यसमध्ये सत्ता कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनको पक्षमा ३७८० मतभार छ भने एमालेको पक्षमा १७८८ मतभार छ। दोब्बर भन्दा धेरै मतभार भएको गठबन्धनको जीत यहाँ पनि निश्चित देखिन्छ। 

प्रकाशित: Jan 07, 2022| 19:05 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...