मंगलबार, असार ३०, २०८३

क्रोएसियाले विश्वकप कब्जा गर्ने तीन कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–विश्वकप फाइनल सकिन अब केहिदिन मात्र बाँकि छ । फाइनलमा युरोपियन दुई महारथि भिड्दै छन् । १९९८ को विश्वकप विजेता फ्रान्स फाइनल पुग्दा पहिलोपटक फाइनलसम्मको यात्रा तय गरेको क्रोएसिया फ्रान्सलाई पराजित गर्ने योजनामा छ । 

फाइनल खेल रुसको राजधानी मस्कोस्थित लुझनिकी स्टेडियममा हुने छ । खेल सुरु हुनु भन्दा अगाडी हामी यस कारण भन्न सक्छौ की क्रोएसियाले विश्वकप जित्ने छ र आफ्नो विश्वकप इतिहासको पुस्तकमा नाम लेख्ने छ । क्रोएसियाले विश्वकप जित्ने आधार :

चमत्कारिक समूह र अधिकत्म प्रेरणा

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले केहि अविश्वासनिय कार्य गरेका छन् । किनकी यस अघि टिमको वातावरण कहिल्यै राम्रो भएको छैन भन्दै केहि खेलाडीले बारम्बार भनि रहेका थिए । तर, ज्लाट्को क्रोएसियाको टोली प्रशिक्षकको रुपमा भित्रिए तब मात्र क्रोएसियाली टोली एक वास्तविक परिवार जस्तै देखि यो । 

जुन कुरा जारी विश्वकपको दौरानमा ५० दिन सँगै बस्दा प्रष्ट देखियो । खेलाडीहरु मैदानमा एक अर्काको लागि मर्नेछन् जस्तो देखिन्छ । नकआउट चरणमा तीन पटक लगातार थप समय खेलहरु खेल्ने क्रममा उनीहरुले देखाएका छन् की उनीहरुबो सामूहिक रुपमा जित्ने इच्छा निकै उच्च छ ।

मानसिक बल र चरित्र

क्रोएसियाले डेनमार्क, रुस र इंग्लयान्डलाई निकैनै रचनात्मक रुपमा जित्यो । जसमध्ये दुई खेल पेनाल्टि सुटआउटमा जितेको थियो । क्रोएसिया खेलमा पर्किएपछि निकै राम्रा मानिएका टिमलाई क्रोएसियाली टिमले मानसिक र शारिरीक रुपमा दबाब दिएको थियो । कप्तान लुका मोड्रिकले भने, ‘हामीले हाम्रो चरित्र देख्यौ । जुन क्रोएसियाको व्यक्तित्वको बल अन्तिम खेलमा फ्रान्सविरुद्ध पनि देखाउने छौ ।’ प्रत्येक विश्वकप विजेता टिमसँग कैयु महान चरित्र हुनु पर्छ ।

अनुभव आत्म–विश्वास बराबर

मोड्रिक यस गोल्डेन जेनेरेसन टिम क्रोएसियाका कप्तान हुन । रियल मड्रिड सँगै प्रशिक्षक ज्लाट्कोसँग थुप्रै स्टार खेलाडी छन् । उनीसँग बार्सिलोना, इन्टरमिलान, युभेन्टस र लिभरपुल जस्ता युरोपका प्रख्यात क्लबहरुका खेलाडी छन् । जुन क्रमश इभान राकिटिक, मारिओ मालड्जुकी, इभान पेरिसिक, माटेओ कोभाकिक र डेजान लोर्भेन हुन् । २७ बर्ष र १० महिनाको औसत उमेरका साथ क्रोएसियासँग धेरै अनुभव र आत्मविश्वस छ । किनकी प्रायः हरेकको क्लबको पहिलो ११ मा उनीहरुको स्थान छ । उनीहरु आफ्नो क्षमतामा सबै राम्ररी सजग छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।