बिहीबार, चैत १२, २०८२

बेल्जियमसँगको हारको बदला लिने दाउमा इंग्ल्यान्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–रुसमा जारी विश्वकपमा आज (शनिबार) तेस्रो स्थानको लागि युरोपका दुई बलिया राष्ट्र बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार पौने आठ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा हुदैछ ।

जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा आमने सामने भएका यी दुई दोस्रोपटक आमने सामने हुन लागेका हुन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इंग्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इंग्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो । 

समूह चरणको अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् । समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । 

इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने दाउमा छन् । केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । 

बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्दै इतिहास रच्ने योजनामा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।