मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्ड-इन्डिया टेस्ट : दोस्रो दिनको खेल मौसलेले प्रभावित, कोहली शून्य रनमै आउट

इंग्ल्यान्ड-इन्डिया टेस्ट : दोस्रो दिनको खेल मौसलेले प्रभावित, कोहली शून्य रनमै आउट

बिहीबार राति सम्पन्न दोस्रो दिनको इन्डिया-इंग्ल्यान्ड टेस्ट खेल मौसमले प्रभावित बनेको छ। टेस्टको पहिलो दिनमै ब्याटिङ सुरु गरेको इन्डियाले विकेट नगुमाई २१ रन बनाइसकेको थियो।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- बिहीबार राति सम्पन्न दोस्रो दिनको इन्डिया-इंग्ल्यान्ड टेस्ट खेल मौसमले प्रभावित बनेको छ। टेस्टको पहिलो दिनमै ब्याटिङ सुरु गरेको इन्डियाले विकेट नगुमाई २१ रन बनाइसकेको थियो।

तर, दोस्रो दिनको खेल पुरा समय चल्न नसक्दा इन्डियाले ४६.४ ओभर मात्र ब्याटिङ गर्न सक्यो। यस दौरान ३७ रन बनाएका रोहत शर्मा आउट भएका छन्।

अर्का ओपनर केएल राहुल मैदानमै छन् भने कप्तान विराट कोहली गोल्डेन डग आउट भएका छन्। त्यस्तै चेतेस्वश पुजाराले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन्। साथै दोस्रो दिन सकिँदा चार विकेट गुमाएर १ सय २५ रनका साथ केएल राहुल र रिषभ पन्त मैदानमा छन्।

इंग्ल्यान्डको नटिंघममा जारी टेस्ट सिरिजअन्तर्गत पहिलो इनिङमा घरेलु टिम १ सय ८३ रनमा अल आउट भएको थियो। घरेलु टिमलाई सस्तैमा समेट्न इन्डियाका जसप्रित बुमराह, मोहम्मद शामी, सद्धुल ठाकुर र मोहम्मद शिरजले क्रमशः ४, ३, २ र १ एक विकेट गिराएका थिए।

इन्डियाको पेचिलो बलिङका बाबजुद इंग्ल्यान्डका कप्तान जोय रुटले १०८ बल खेलेर ६४ रन बनाए भने जोन्नी बेयरिस्टोले २९ रन जोडे। ज्याक क्राउली र सकाम कुरनले समात २७–२७ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

ओपनर रोरी बर्नस, डान लरेन्स, जस बटलर र ओली रोविन्सन त शून्य रनमा आउट भएका थिए। इंग्ल्यान्ड ६४ ओभर चार बल मैदानमा टिकेको थियो।

प्रकाशित: Aug 06, 2021| 07:24 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।