बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा ६ जनाको उम्मेदवारी दर्ता

लुम्बिनीमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ।
 |  मंगलबार, पुस २०, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, पुस २०, २०७८

बुटवल- लुम्बिनीमा राष्ट्रिय सभा सदस्य पदका लागी ६ जनाको मनोनयन दर्ता भएको छ। लुम्बिनीमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ। 

Everest Bank

आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागि महिलातर्फ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे र एमालेका भारतीय उपाध्याय खनालको उम्मेदवारी परेको छ। त्यस्तै दलिततर्फ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कुल प्रसाद विश्वकर्मा (राजेश) र एमालेका तर्फबाट कृष्ण सुनारको उम्मेदवारी परेको छ।

त्यस्तै अन्य समूहमा सत्तागठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ताले उम्मेदवारी दर्ता गराएको प्रदश निर्वाचन कार्यालय दाङले जनाएको छ। 

उम्मेदवारविरुद्ध बुधवार दाबी विरोध गर्न सकिने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए।मनोनयन दर्ताका लागी मंगलवार विहान १० बजेदेखी दिउँसो ३ बजे सम्मको समय तोकिएको थियो। उम्मेदवारहरुको अन्तिम नामावाली आगामी २५ गते प्रकाशन गरिने सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट एक जना दलित, एक जना महिला र अन्य समुदायका एक जना गरि ३ जना निर्वाचित हुनेछन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन्।

Metro Mart
worldlink

प्रकाशित: Jan 04, 2022| 05:36. 11 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।