मंगलबार, असार ३०, २०८३

रोनाल्डोलाई महंगो मुल्य तिरेको विरोधमा मजदुरको हडताल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटाली- इटालीयन क्लब युभेन्टसले क्रिष्टियानो रोनाल्डोलाई महंगो मुल्यमा अनुबन्ध गरेको विरोधमा फियाट कारको उत्पादक कम्पनी फियाट क्रिसलर प्लान्टका मजदुरहरुले हडताल गरेका छन्। 

युभेन्टसले रोनाल्डोलाई अनुबन्ध गर्न १ सय १२ मिलियन युरो खचेको थियो। फियाट कार उत्पादक कम्पनी र युभेन्टस क्लबको एउटै एग्नेली घरानाले सञ्चालन गर्दै आएकाले कम्पनीका कर्मचारी युनियनले गरेको निर्णय अनुसार यसले फियाटका लागि लगानी कमजोर हुने बताएको छ। 

उनीहरुले भनेका छन् कि कुनै एकजनालाई सम्बृद्ध पार्नुको सट्टा कम्पनीमा रहेका हजारौं मानिसहरुको भविश्वको ग्यारेन्टी गर्नुपर्छ। कर्मचारी युनियनका अनुसार यो अस्वीकार्य छ कि कम्पनीले एउटा खेलाडी भित्र्याउनका लागि लखौं युरो खर्च गरिरहँदा फियाट क्रिसलर प्लान्टका कर्मचारीहरुले ठूलो आर्थिक बलिदान दिएका छन्।

युभेन्टसले ३३ वर्षीय रोनाल्डोसँग ४ वषैका लागि गएको मंगलबार सम्झौता गरेको थियो । क्लवले उनलाई बढी मूल्य दिएको विश्लेषकहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।