मंगलबार, असार ३०, २०८३

कोरियामा नेपाली तेक्वान्दो टोलीलाई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दक्षिण कोरियामा भएको अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले स्वर्ण जितेको छ। 

दक्षिण कोरियाको पोहाङमा शुक्रबार भएको पुरुषतर्फको टिम फाइटमा नेपालले फाइनलमा कोरियाको सिहान युनिभरसिटीलाई ५८-४६ को स्कोरे हराउँदै स्वर्ण जितेको हो। पाँच खेलाडी सम्मिलित पुरुष टिमले सेमिफाइनलमा पनि कोरियाकै टिमलाई ४८-४१ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। 

पुरुष टिममा अनुज पुजारी, ज्ञानेन्द्र हमाल, वीर महरा, सागर गुभाजु र भुपेन्द्र श्रेष्ठ थिए। शुक्रबार नै भएको महिलातर्फको टिम फाइटमा भने नेपाली महिला टोली रजत पदकमै सीमित भए। ३ राष्ट्र सम्मेलित टिम फाइटको फाइनलमा नेपाली महिला टिम चिनसँग ५६-४८ ले स्तब्ध भएको थियो।

नेपाली महिला टिममा ज्ञानी चुनारा, निमा गुरुङ, निसा रावल, संगिता बस्याल र अस्मिता खड्का रहेको प्रशिक्षक विष्टले जानकारी दिए । खेलाडीको प्रदर्शनमा देखिएका केही कमजोरी पक्ष आगामी एसियन गेम्समा सुधार गर्दै खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू विस्वस्त रहेको प्रशिक्षक विष्टले जानकारी दिए । नेपाली टोलीले शुक्रबारदेखि नै छुम्बिक हेल्थ एन्ड साइन्स युनिभरसिटीमा प्रशिक्षण सुरु गरिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।