आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन सिट गुम्‍न नदिन एमालेको तयारी के छ?

Siddartha premir insuranceSiddartha premir insurance

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन सिट गुम्‍न नदिन एमालेको तयारी के छ?

कार्यकाल सकिन लागेका अगमसिंह वान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझा तीनै जना एमालेका हुन्। वान्तवा अपांगता क्षेत्रबाट, गुरुङ अन्य र ओझा महिला क्षेत्रबाट निर्वाचित भएकी थिइन्। मंगलबार उम्मेदवारको मनोनयन हुँदैछ।
 |  सोमबार, पुस १९, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, पुस १९, २०७८

विराटनगर- आगामी माघ १२ गते देशभर राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। चार वर्षे कार्यकाल पुरा गरेका प्रदेश १ का तीन जना राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल फागुन २० मा सकिँदैछ। कार्यकाल सकिन लागेका अगमसिंह वान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझा तीनै जना एमालेका हुन्। वान्तवा अपांगता क्षेत्रबाट, गुरुङ अन्य र ओझा महिला क्षेत्रबाट निर्वाचित भएकी थिइन्। मंगलबार उम्मेदवारको मनोनयन हुँदैछ। 

triton college

नेकपा एमाले अहिले प्रतिपक्षमा छ। प्रतिपक्षमा भए पनि गठबन्धन र एमालेको मतभार अन्तर कम छ। तीनै जना सदस्य आफ्नो पक्षमा पार्ने कसरतमा एमाले लागेको छ। एमालेले नाम टुंग्याइएको जनाएको छ। अन्य क्षेत्रबाट स्थायी कमिटी सदस्य गुरु बराल, महिलामा प्रदेश कमिटी सदस्य सुमित्रा भण्डारी र अल्पसंख्यकमा सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ।  गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका गोपाल बस्‍नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई उम्मेदवार भएको दुवै दलले सार्वजनिक गरेका छन्। जनता समाजवादीको भागमा परेको अल्पसंख्यकको उम्मेदवार तय हुन बाँकी छ। 

एमालेले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा तीनै सिट गुम्न नदिने गरि तयारी गरेको जनाएको छ। 

सातवटै प्रदेशमा एमालेको उपस्थिति बलियो नभए पनि अन्य प्रदेशको तुलनामा प्रदेश १ मा उपस्थिति बलियो रहेको उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेका उम्मेदवारलाई विजयी गराउनका लागि प्रयत्न गरिने उनले बताए। एमालेको अभियानमा साथ दिने दलहरुको साथ लिएर अघि बढीने उनले बताए। 

१३७ स्थानीय तहमध्ये भोजपुरको हतुवागढीकी उपप्रमुख चन्द्रमा राई र सोलुखुम्वुको खुम्वु पासङल्हमु गाउँपालिकाका प्रमुख ङिमदोर्जी शेर्पाको निधन भएका कारण स्थानीय तहका २ मतदाता घटेका छन्।

गुरुङले भने,‘प्रदेश १ मा जित्ने गरी रणनीति बनाएका छौं, करिव करिव जित्छौं होला।’ राप्रपा लगायतका दलहरुसँग कुराकानी भइरहेको उनले बताए। एमालेले राप्रपासँग सहमति गरेर आफ्नो पक्षमा परिणाम पार्नका लागि छलफल भईरहेको एक नेताले बताए। 

Metro Mart
vianet

एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य महेश रेग्मीले प्रदेश १ मा गठबन्धनका तीनै जना उम्मेदवारको विजय निश्चित भएको दावी गरे। मतभारका हिसावमा गठबन्धन अघि रहेको उनले बताए।

एमाले र गठबन्धनको मतभार कति?

प्रदेश १ बाट राष्ट्रिय सभाका लागि स्थानीय तहका प्रमुख उपप्रमुख २७२ र ९२ जना प्रदेश सांसदहरु मतदाता रहेका छन्। स्थानीय तहका प्रमुख-उपप्रमुखको १८ र प्रदेश सांसदको ४८ मतभार रहेको छ। 

१३७ स्थानीय तहमध्ये भोजपुरको हतुवागढीकी उपप्रमुख चन्द्रमा राई र सोलुखुम्वुको खुम्वु पासङल्हमु गाउँपालिकाका प्रमुख ङिमदोर्जी शेर्पाको निधन भएका कारण स्थानीय तहका २ मतदाता घटेका छन्। दुवै जना एमालेका निर्वाचित भएका थिए। एमालेलाई ३६ मत गुमेको छ। प्रदेश सभाका ९३ जना सदस्यहरु मध्ये माओवादी केन्द्रका टंक आङवुहाङ राई एमाले प्रवेश गरेपछि उनको पनि पद गुमेको छ। 

प्रदेश १ का कुल मतभार ९३१२ रहेको छ। एमालेको ४ हजार ५२४ रहेको छ। उसका १४२ स्थानीय तहका प्रमुख÷उपप्रमुख र ४१ प्रदेश सांसद रहेका छन्। एमाले प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी किर्ते कागज मुद्धामा फरार रहेकाले थप ४८ मत पनि गुम्ने अवस्था देखिएको छ। खातुन मतदानमा सहभागी नहुँदा एमालेको मतभार ४ हजार ४७६ हुन्छ। 

पाँचदलीय गठबन्धनमा ४ हजार ६६८ मतभार रहेको छ। काँग्रेसको स्थानीय तह र प्रदेश गरि २ हजार ७३६, माओवादी केन्द्रको १ हजार ८, नेकपा एकिकृत समाजवादीको ६६०, जनता समाजवादी पार्टीको २१६ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ।  मञ्चको एक मात्र प्रदेश सांसद रहेको छ।

राप्रपा निर्णायक

एमालेका लागि राप्रपाको मत निर्णायक देखिएको छ। राप्रपाको मतभार १२० छ। राष्ट्रिय सभामा निर्वाचित हुनका लागि ४ हजार ६५७ मत आवस्यक पर्छ। एमालेको कुल मतभार ४ हजार ५२४ र राप्रपाको १२० जोड्दा ४ हजार ६४४ हुन्छ। 

एमालेले केही स्थानीय तहका प्रमुख–उपप्रमुखको मत आउने करिव निश्चित भएको दावी गरेको छ। राप्रपालाई आफ्नो पक्षमा पार्न सके एमालेले सदस्य गुम्न दिने छैन। यद्यपी एमालेले राप्रपासँग औपचारिक रुपमा छलफल भने गरेको छैन। 

प्रकाशित: Jan 03, 2022| 20:31 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।