शुक्रबार, असोज २, २०८३

क्यानडाको ग्लोबल टि-२० खेलर घर फर्किदै सन्दीप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यानडाबाट घर फिर्किने भएका छन्। 

क्यानाडामा ग्लोबल टि-२० लिग क्रिकेट खेल्न गएका सन्दिप खेल सकेर नेपाल फर्किन लागेका हुन। क्यानडाको मोन्ट्रेयल टाइगर्सबाट खेलेका उनी शनिबार बिहान ८:५० बजे त्रिभुवन विमानस्थल झर्ने बताइएको छ। 

पाँच खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए। पहिलो ३ खेलमा १-१ विकेट लिएका सन्दीपले अघिल्लो खेलमा २ विकेट लिएका थिए। 

त्यस्तै आफ्नो अन्तिम खेलमा टप–अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका थिए। उनी ग्लोबल टि-२० लिग क्रिकेटका लागि असार १५ गते नयाँ दिल्लीबाट क्यानडा प्रस्थान गरेका थिए। ६ टिम सहभागी ग्लोबल लिग क्यानडास्थित टोरोन्टोको मप्ले लिफ क्रिकेट क्लबमा जुन २८ देखि शुरु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।