मंगलबार, असार ३०, २०८३

हाजार्ड भित्र्याउने तयारीमा रियल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्पेनिस चर्चित क्लब रियल मड्रिडले चेल्सीका स्टार इडेन हाजार्डलाई भित्र्याउने तयारी गरेको बताइएको छ। यहि साता क्रिस्टियानो रोनाल्डो रियल छोडेर युभेन्टस गएपछि रियलले हाजार्ड भित्र्याउने तयारी गरिएको बताइएको हो। 

रियलले हाजार्डका लागि १ सय ५० मिलियन पाउन्ड प्रस्तावको तयारी गरिरहेको छ। बेल्जियम टोलीका कप्तान हाजार्ड लामो समयदेखि नै रियल जाने चर्चा चलेको थियो। चर्चा चलेसँगै चेल्सीले साताको ३ लाख पाउन्डको नयाँ प्रस्ताव गरेपनि २७ वर्षे फरवार्डले त्यसलाई अस्वीकार गरेका थिए। हाजार्डले पनि रियलको जर्सी लगाउने आफ्नो सपना रहेको बताउँदै आएका छन्।

प्रिमियर लिग र च्याम्पियन्स लिगमा क्लबको चुनौति बढाउनका लागि चेल्सी अब नयाँ सम्झौताको प्रस्ताव हाजार्ड सामू राख्ने तयारीमा रहेको छ। तर, रियलको प्रस्ताव अघि बढेको खण्डमा भने हाजार्डलाई रोक्न चेल्सीलाई कठिन पर्ने सम्भावना छ। चेल्सीले बिहिबार मात्र प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो।

उनको ठाँउ लिने सम्भावना रहेका नेपोलीका पूर्व प्रशिक्षक माउरिजियो सारीले हजार्डलाई क्लबमै राख्न पक्कै प्रयास गर्नेछन्। सन् २०१२ मा लिगबाट चेल्सी पुगेयता हाजार्ड सम्मिलित चेल्सीले २ प्रिमियर  लिग, एक एफए कप र एक युरोपा लिगको उपाधि जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।