मंगलबार, असार ३०, २०८३

हिमवत् खण्ड कला साहित्य शुरू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ‘हिमवत् खण्ड कला साहित्य र संस्कृतिः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ मूल नारा राखेर २०५ औं भानु जयन्तीको अवसरमा राष्ट्रिय नाचघरमा ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५’को उद्घाटन भएको छ।

२०७५ असार २९ गतेदेखि असार ३१ गतेसम्म चल्ने त्रिदिवसिय सम्मिलनको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका हुन् । प्रमुख अतिथिसम्म रहेका प्रधानमन्त्रीले दियो बालेर उद्घाटन गरेका थिए। 

सामाजिक असमानताको अन्त्य गर्न गाह्रो हुन्छ भन्दै प्रमुख अतिथिले भने, ‘सामाजिक न्याय सहितको सम्पूर्ण लोकतन्त्रमा हामीले विविधता युक्त सांस्कृत पक्षलाई उठाउनसबैले लाग्नु पर्ने बताए।
 
द्धन्द्ध व्यवस्थापन जस्तो विजनेश मौलाउन सहयोग नगरौ भन्ने उनको आग्रह पनि थियो। साथै ओलीले थपे, ‘लोकतान्त्रिक भावना भएको देश हो’ भन्दै ओलीले द्रव्य शाहको कुदेर राजा भएको स्मरण गरेका थिए।

त्यसैगरी बाहिर देशको प्रतिनिधित्व गरेर माइकल हटले पनि बोलेका थिए। उनले ३४ वर्ष अघि नेपाली साहित्यमा पिएचडि गरेको सुनाए। र मध्यरातमा मातेको मान्छेको भाषणको कविताको तारिफ गरे। र लिम्बु भाषाका पाण्डुलिपिलाई अंग्रेजीमा बुझ्न बैरागी काइलालाई लण्डन बोलाएको सम्झिए।
 
साथै भानुभक्तको स्मरण गर्दै तनहुको रम्घा पुगेको र भानुभक्तको जन्मथलो पुगेर भानुभक्तको शालिकमा माला अर्पण गरेको सुनाए। अर्का वक्ता शताब्दी पुरूष तथा संस्कृत विद्धले भानुभक्तले आफ्नै मातृभाषामा रामायणलाई लेख्ने संकल्प गरेको सुनाए।
 
सातकाण्ड लेखिएको रामायणले नेपाली भाषाको बाटो पैलाएको र आज त्यसैको आधारमा नेपाली भाषा बाचिरहेका बताए।  र अहिलेका लेखक विज्ञहरू पुरानो कुरा छोडेर नयाँ लेख्न लागेको पनि बताए । विदेशीहरू पुरानो संस्कृतिलाई खोज्दै हिडेको बताउदै उनले पाटनको कृष्णमन्दिरको उदाहरण पनि दिए।
 
त्यसै गरी कार्यक्रममा अर्का अतिथि बैरागी काइलाले बोलेका थिए। उनले भानुभक्तलाई सम्झदै लोक संस्कृतिलाई जोगाउन सबै तहका संघसंस्थाहरू लाग्नु पर्ने बताए । र बैद्धिक धामी झाँक्रीमा फल्याक्ने शब्दहरूले लोक संस्कृतिलाई उठान गर्ने अडान रहेको उनको तर्क थियो। 

कला कवितामा लाग्न आएका मदन भण्डारी पछि राजनीतिमा आएको मोदनाथ प्रश्रितले बताए। साथै उनले थपे, ‘कविताको पाण्डुलीपिलाई संसोधन गरेको संझिदै उनका भाषण पनि काव्यात्मक रहेको बताए। र उनको अकल्पनिय दुर्घटनाबाट भएको मृत्युप्रति दुःख मनाएका थिए । साथै कार्यक्रममा मोदनाथले हिमवद् खण्ड कला साहित्यको बारेमा पनि उनले स्पष्ट पारेका थिए।

कार्यक्रममा मदन भण्डारीको बृत्तचित्र देखाइएको थियो। उद्घाटन सत्रसँगै बहुसांस्कृतिक कार्यक्रम पनि देखाइने छ। ३० गते हुने कार्यक्रममा कार्यपत्रहरूको प्रस्तूति बहुभाषिक कविगोष्ठी र हास्यव्याङ्ग्य साँझ हुने। उक्त दिनको कार्यक्रमा रुसी सांस्कृतिक केन्द्र कमलपोखरी हुने छ। 

तेस्रो दिन असार ३१ गतेको कार्यक्रममा चन्द्रगिरि सिर्जनायात्रा, चन्द्रगिरिबाट समृद्धिकमो उद्घोष नेपाल बाहिरका नेपाली कविता र समापन समारोह चन्द्रागिरिमा हुने छ।
 
तीनसम्म चल्ने कार्यक्रममा देशका सातै प्रदेशका प्रतिनिधि साहित्यकारहरू र अन्य सात देशका प्रतिनिधि साहित्यकारहरूको पनि सहभागि रहेको थियो। संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री रविन्द्र अधिकार, खानेपानी मन्त्री विना मगर लगायत मन्त्रीको उपस्थित रहेको थियो।
  
साहित्यकार राजेन्द्र सुवेदीको सभाअध्यक्षामा भएको कार्यक्रममा मदन भण्डारी कला प्रतिष्ठानले आयोजना गरेको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।