काठमाडौं- क्रोएसियाले इङ्ल्यान्डलाई पराजित गरेसँगै विश्वकपमा झन रोचकता थपिएको छ। अब चर्चा चलेको छ, जारी विश्वकपको उपाधि कस्ले जित्ला भनेर। धेरैले फ्रान्सलाई यो बर्षको विश्वकप उपाधि उचाल्ने अनुमान गरेका छन् भने कतिले नयाँ जोशका साथ अघि बढेको क्रोएसियालाई विश्वकपको दाबेदार मानेको छ। तर, सरसर्ती हेर्ने हो भने यी दुई टोलीमा कसले जित्ला भनी ठ्याक्कै भन्न गाह्रो छ। किनकी यी दुबै टोलीमा युरोपका विभिन्न प्रख्यात क्लबका खेलाडीले भरिभराउ छ।
निकै नै जोशमा रहेको क्रोएसिया जारी विश्वकपको उपाधि जित्दै आफ्नो नयाँ विश्वकप इतिहास रच्ने दाउमा छ भने फ्रान्स १९९८ मा आफ्नै भूमीका भएको विश्वकपमा राखेको विश्वकप इतिहासलाई दोहर्याउने दाउमा छ। दुवै टोलीका कुन खेलाडी कुन क्लबका छन् त।
रियल मड्रिड
रियल मड्रिडबाट खेल्दै आएका फ्रान्सका राफेल भराने र क्रोएसियाका लुका मड्रिक हुन्। यी दुबै खेलाडी रियल मड्रिडबाट खेल्दा प्रशिक्षकको नजरमा पहिलो रोजाइमा पर्ने खेलाडी हुन। पछिल्लो समय जारी विश्वकपमा निकै नै लयमा देखिएकाद्वय विश्वकपको फाइनल खेलमा एक अर्काबीच भिड्ने भएका छन्। यी दुबैले रियलसँगै ६ बर्ष बिताएका छन्। भराने रियलका भरपर्दा डिफेन्डर हुन भने मोड्रिक मिड फिल्डर हुन।
एथ्लेटिको मड्रिड
राष्ट्रिय टिम र क्लब स्तरीय प्रतियोगिताहरुमा पहिलो रोजाईमा पर्ने एथलेटिको मड्रिडका खेलाडी हुन फ्रान्सका एन्टोनी ग्रिजम्यान र क्रोएसियाका सिमे भर्सल्जको। ग्रिजम्यान र सिमेले एथलेटिको मड्रिडमा सँगै २ बर्ष बिताए।
पछिल्लो समय विश्वकपमा लयमा देखिएका २६ बर्षिया सिमे क्रोएसियाका लागि डिफेन्समा खम्बा हुन। उनैको आधारमा प्रशिक्षक ज्लाट्को आफ्नो दुई जना डिफेन्सले प्रतिद्वन्द्व दुई जना फरवार्डलाई रोक्न सक्ने क्षमतालाई विश्वास गर्छन। यो नै सिमेको पहिचान हो।
बार्सिलोना
फ्रान्सका स्यामुयल उम्टिटी र क्रोएसियाका इभान राकिटिक बार्सिलोनाका खेलाडी हुन। उम्टिटी डिफेन्डर हुन भने इभान मिड फिल्डर हुन। यी दुवै खेलाडीले बार्सिलोनामा २ बर्ष सँगै बिताएका छन्। तर, जारी विश्वकपको फाइनल खेलमा दुवै खेलाडी एक अर्काबीच भिड्दै छन्।
युभेन्टस
फ्रान्सका ब्लाइसे मटुइडी र क्रोएसियाका मारिओ मान्जुकी युभेन्टसका खेलाडी हुन। यी दुबै खेलाडीले पछिल्ले सिजनको ला लिगा सँगै खेले । पछिल्लो बर्षको ला लिगामा दुबैले ३२ खेल खेलेका छन्। तर, क्लबका लागि सँगै खेलेका ब्लाइसे र मारियो देशकालागि भने एक अर्का बिच भिड्दै छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४