बुधबार, भदौ ३, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। देउवाले सोमबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका हुन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। देउवाले सोमबार बस्ने गरी  केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए।

बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनलगायत विषयमा निर्णय गर्ने बताइएको छ। १४ औं महाधिवेशनपछि सोमबार दोस्रो बैठक बस्न लागेको हो। यसअघि ११ पुसमा बैठक बसेको थियो। 

प्रकाशित: Jan 02, 2022| 14:30 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...