बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुनाव हारेका कल्याण, प्रदीप र जीवनलाई पनि देउवाले बनाए केन्द्रीय सदस्य

चुनाव हारेका कल्याण, प्रदीप र जीवनलाई पनि देउवाले बनाए केन्द्रीय सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा चुनाव हारेका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा चुनाव हारेका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्। सभापति देउवाले आइतबार उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको कांग्रेस कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

उनका अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङ केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। 

हाल सम्पन्न महाधिवेशनमा कल्याण सभापतिका लागि भएको पहिलो चरणको मतपरिणामबाट बाहिरिएका नेता हुन्। उनले सभापतिका लागि भएको निर्वाचनमा २० मत प्राप्त गरेका थिए। कांग्रेस सभापतिका भएको निर्वाचनमा सबैभन्दा कम मत ल्याएका उनी सबैभन्दा कम उमेरका कांग्रेस सभापतिका उम्मेदवार थिए। दोस्रो चरणका लागि भएको कांग्रेस सभापितको निर्वाचनमा उनले देउवालाई समर्थन गरेका थिए।

गुरुङका साथै तेस्रो र चौथो स्थानका उम्मेदवारहरू क्रमशः प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका थिए। पहिलो चरणमा कांग्रेस सभापतिका लागि ५ जना उम्मेदवार थिए। पहिलो चरणमा कुनै पनि उम्मेवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्न नसके बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा मतदान गर्ने व्यवस्था कांग्रेसमा छ। दोस्रो चरणको निर्वाचनबाट करिब ६० प्रतिशत मतसहित देउवा सभापतिमा चुनिएका हुन्। 

केन्द्रीय समितिमा मनोनित भएका शाही कर्णालीका मुख्यमन्त्रीसमेत हुन्। शाही पिछडिएको क्षेत्रको क्लस्टरबाट सहमहामन्त्री पदमा शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका थिए। 

यस्तै प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार थिए। दुई जना महामन्त्री हुने व्यवस्था भएको कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए। महामन्त्रीका लागि प्रतिस्पर्धा गरेका डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र प्रदीप पौडेल र डा राजाराम कार्की भने पराजित भएका थिए। 

सिटौला खेमाका पौडेललाई देउवा समूहले उम्मेदवार बनाएपनि उनी निर्वाचित हुन नसकेका नेता हुन्। 

प्रकाशित: Jan 02, 2022| 14:17 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...