बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक जारी

पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। जारी आठौं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम सुरु हुनुअघि स्थायी कमिटी बैठक बसेको हो।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। जारी आठौं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम सुरु हुनुअघि स्थायी कमिटी बैठक बसेको हो। 

आगामी कार्यकालका लागि पार्टीका केन्द्रीय सदस्यको नाम टुंगो लगाउन बैठक बसेको हो। आज दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी माओवादीको छ। ८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको बताइएको छ।

स्थायी कमिटी बैठक सकिएलगत्तै सुरु हुने बन्दसत्रमा पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरुको सूची घोषणा गर्ने तयारी छ। उक्त सूचीमा सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव सुरु गर्ने तयारी माओवादीको छ। निर्वाचन गर्नुपरेको खण्डमा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ  नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसअनुसार दिउँसो २ बजे उम्मेदवारी दर्ता सुरु हुनेछ।

माओवादी केन्द्रको विधानअनुसार केन्द्रीय कमिटीमा १५ जना पदाधिकारीसहित २९९ सदस्य रहनेछन्। माओवादी केन्द्रको आठौं महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा जारी छ।

प्रकाशित: Jan 02, 2022| 12:10 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...