बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : एकीकृत समाजवादी कर्णालीले प्रस्ताव गर्‍यो उम्मेदवार [सूचीसहित]

राष्ट्रियसभा निर्वाचन : एकीकृत समाजवादी कर्णालीले प्रस्ताव गर्‍यो उम्मेदवार [सूचीसहित]

प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

सुर्खेत- राष्ट्रियसभामा रिक्त हुने सदस्य पदका लागि नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ। 

प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो। 

पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ सात जनाको नाम टुङ्गो लगाई केन्द्रमा पठाएको जानकारी दिए। उनका अनुसार उदय बोहरा (सल्यान), कृष्णबहादुर बुढा क्षेत्री (जाजरकोट), टेकबहादुर खाँण (दैलेख), देवीलाल थापा (जुम्ला), बरुनाथ योगी (दैलेख), लोकबहादुर हमाल (हुम्ला), शिवप्रसाद उपाध्याय (सुर्खेत), शेरबहादुर केसी (रुकुमपश्चिम), हंशबहादुर शाही (डोल्पा)लाई सिफारिस गरेको छ। 

त्यस्तै अछामपुरा मल्ल भाम (मुगु), कल्याणी खड्का (रुकुमपश्चिम), कृष्णकला पाण्डे (कालीकोट), रीता रावल (जाजरकोट), लक्ष्मी शर्मा (सुर्खेत), शान्ता शाही (जुम्ला), शारदा परियार (सल्यान)को नाम उम्मेदवारका लागि प्रस्ताव गरिएको छ। एकीकृत समाजवादीका प्रदेश कार्यालयका सचिव विश्वकर्माले प्रदेश कमिटीले पठाएका नाममध्येबाट पार्टी केन्द्रले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने बताए।

राष्ट्रियसभामा यसपटक रिक्त हुने १९ मध्ये कर्णाली प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् । कर्णालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका रुकुमपश्चिमका ठकेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ।

पुरी हाल एकीकृत समाजवादी, बोगटी नेकपा (एमाले) र बुढा नेकपा (माओवादी केन्द्र)मा आवद्ध हुनुहुन्छ । कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १९१ मतदाता छन्।

आगामी माघ १२ गते वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुनेछ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई निर्वाचन अधिकृत तोकिसकेको छ।

प्रकाशित: Jan 01, 2022| 19:51 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...