काठमाडौं- नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यक्रम स्थगित भएको छ। केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको हो।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।
यसअघि आइतबारका मतदान गर्ने गरी कार्यतालिका प्रकाशन भएको थियो।
माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।