काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा निर्वाचित हुने पदको क्लस्टरसहितको सूची सार्वजनिक गरेको छ। २९९ सदस्यीय केन्द्रीय कमिटिमा खुलातर्फ १४५ र बाँकी समानुपातिक प्रणालीबाट चयन गरिनेछ।
माओवादी निर्वाचन आयोगका अनुसार समानुपातिकमा खस आर्यबाट ४५, दलितबाट २२, मुस्लिमबाट ७, मधेशीबाट २३, आदिवासी जनजातिबाट ४३ र थारूबाट १० जना निर्वाचित हुनेछन्। यस्तै, अपांगबाट २ जना र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुने गरी विधानमा व्यवस्था गरिएको छ।
निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। भोलि बिहान ११ बजे मतदान सुरु हुने गरी तयारी अघि बढेको छ।
माओवादी उम्मेदवारले शनिबार राति ८ बजेदेखि १० बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ।