बुधबार, भदौ ३, २०८३

माओवादी महाधिवेशन : आइतबार बिहान ११ बजेदेखि सुरु हुँदै मतदान

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वसम्मतिमा नेतृत्व चयनका लागि प्रस्ताव गरेका थिए। यद्यपि उनले सहमति नभए निर्वाचनमा जान सकिने बताएका थिए।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी ८‍औं महाधिवेशन अन्तर्गत आइतबार बिहान ११ बजेदेखि मतदान सुरु हुने भएको छ।  शनिबार साँझ माओवादी निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार आइतबार दिउँसो ४ बजेसम्म मतदान हुनेछ। 

निर्वाचन प्रयोजनका लागि १७४२ जना महाधिवेशन प्रतिनिधि/मतदाताको नामावली प्रकाशन गरिसकेको छ। कार्यतालिकामा शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। 

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वसम्मतिमा नेतृत्व चयनका लागि प्रस्ताव गरेका थिए। यद्यपि उनले सहमति नभए निर्वाचनमा जान सकिने बताएका थिए। 

यसअघि १५ पदाधिकारी बनाउने विधानमा प्रस्ताव गरिएको भएपनि पदाधिकारीको संख्या थपघट गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिइएको छ। माओवादीमा पदाधिकारीका आकांक्षी बढी देखिएपछि प्रचण्डलाई नेता व्यवस्थापन गर्न सहज बनाउनका लागि पदाधिकारीको संख्या निर्धारण गर्ने जिम्मा केन्द्रीय समितिलाई दिइएको हो। अध्यक्षका लागि भने प्रचण्डको विकल्पमा कसैले पनि दाबी गरेका छैनन्। यसले प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने देखिएको छ। 

माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक रूपमा केन्द्रीय समिति सदस्य चयन गर्नेछ। ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’बनाइएको छ।

माओवादी विधानमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान छ। 

प्रकाशित: Jan 01, 2022| 17:56 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...