बुधबार, भदौ ३, २०८३

नेतृत्व चयनमा सर्वसम्मत नभए चुनावमा जान्छौँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतिमा केन्द्रीय समिति चयन नभए चुनावमा जाने बताएका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतिमा केन्द्रीय समिति चयन नभए चुनावमा जाने बताएका छन्। बन्दसत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताउँदै सहमति बन्न नसके चुनावमा जाने बताएका हुन्।

माओवादीले सहमति निर्माणका लागि भन्दै ५ बजेसम्मको समय छुट्याएको छ। 'सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ। सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुन्छ। हामी जरुरी पर्दा कुनैपनि लोकतान्त्रिक प्रयास गर्ने गर्दछौँ।'

२९९ सदस्यीय केन्द्रीय समिति बनाउने विधानमा व्यवस्था छ। यसअघि १५ पदाधिकारी बनाउने विधानमा प्रस्ताव गरिएको भएपनि पदाधिकारीको संख्या थपघट गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिइएको छ। माओवादीमा पदाधिकारीका आकांक्षी बढी देखिएपछि प्रचण्डलाई नेता व्यवस्थापन गर्न सहज बनाउनका लागि पदाधिकारीको संख्या निर्धारण गर्ने जिम्मा केन्द्रीय समितिलाई दिइएको हो। अध्यक्षका लागि भने प्रचण्डको विकल्पमा कसैले पनि दाबी गरेका छैनन्। यसले प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने देखिएको छ। 

माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक रूपमा केन्द्रीय समिति सदस्य चयन गर्नेछ। ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’बनाइएको छ।

प्रकाशित: Jan 01, 2022| 15:39 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...