आइतबार, मंसिर ७, २०८२

ए डिभिजन लिगको सातौँ चरण आजबाट : पहिलो खेलमा विभागीय डर्बी

सहिद स्मारक ए डिभिजन लिगमा १४ टिम समावेश भएले सबै टिमले सबै टिमसँग एक-एक पटक खेल्दा १३औं चरणसम्म चल्नेछ। लिगमा पछिल्लो सप्तान्तमा छैटौं चरणका खेल सकिएका छन्। भने आजबाट सातौँ चरण सुरु हुँदैछ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा १४ टिम समावेश भएले सबै टिमले सबै टिमसँग एक-एक पटक खेल्दा १३औं चरणसम्म चल्नेछ। लिगमा पछिल्लो सप्तान्तमा छैटौं चरणका खेल सकिएका छन्। भने आजबाट सातौँ चरण सुरु हुँदैछ।

National life

सातौं चरण यो करणले पनि महत्त्वपूर्ण छ कि यसले लिगको मध्यसम्मको विजेताको नाम पक्का गर्नेछ। र, मध्य अवधिसम्मको लिगविजेताले एएफसी कपको छनोट खेल्ने पाउनेछ।

आजबाट लिगको सातौं चरण सुरु हुँदैछ। त्यसैले शीर्ष दुईमा रहेका मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दि क्लब अहिले सातौं चरणको विजेता बन्दै एएफसी कप खेल्ने तयारीमा लागिरहेको छन्।

तर यी दुवै टिमको खेल फरक फरक दिन हुनेछन्। मनाङले पोखरा रंगशालामा शनिबार खेल्नेछ भने मछिन्द्रले दशरथ रंगशालामा आइतबार खेल्ने तय भएको छ।

यता सातौं चरणको शुक्रबार हुनले पहिलो खेलमा विभागीय डर्बीको छ। जहाँ १ बजे दशरथ रंगशालामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबकाले सामना गर्नेछ।

Laxmi sunrise bank
kumari

उपाधि होडमा रहेको आर्मी आज एपीएफलाई हराउँदै आफू अघि जान चाहन्छ। पछिल्लो सिजन उपविजेता बन्दै एएफसी कपको छनोट खेलेको आर्मीले यो सिजनमा भने एएफसी कप खेल्ने अवसर गुमाइसकेको छ।

त्यसैले अब उसले कुनै खेल नगुमाइकन उपाधि नजिक पुग्ने लक्ष्य राखेको छ। रेलिगेसन जोनबाट भर्खरै मात्र निस्किएको एपीएफ पनि जित निकाल्दै आफूलाई शीर्ष ८ भित्र राख्ने दाउमा छ।

त्यस्तै आजको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्यु रोड टिम एनआरटी (एनआरटी) सँग खेल्नेछ। फ्रेन्ड्सले अहिलेसम्म कुनै खेलमा जित निकाल्न सकेको छैन। त्यसैले ऊ अहिले रेलिगेसनको चरम दबाबमा रहेको छ। यता न्यु रोड टिम सात अंकका साथ आठौं स्थानमा छ।

ऊ पनि जित निकाल्दै आफ्नो स्थान सुधार गर्ने पक्ष्यमा हुनेछ।

प्रकाशित: Dec 31, 2021| 09:15 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।