काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। युनाइटेडको ओल्ड ट्राफोर्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टिले बर्नलीमाथि ३–१ गोलअन्तरको जित निकालेको हो।
युनाइटेडको जितका लागि क्यामक टोमीने र क्रिस्टियानो रोनाल्डोले समान १–१ गोल गरे। त्यसबीच बर्नलीका बीन थोमस मीले आफ्नै पोस्टमा गोल गरेर घरेलु टिमलाई गोल उपहार दिए।
बिहीबार रातिको जिससँगै अहिले युनाइटेड तालिकाको छैटौं स्थानमा उक्लिएको छ। उसले १८ खेलबाट ३१ अंक जोडेको छ। युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १९ अंकले पछि छ।
यता बुधबार रातिको खेलमा चेल्सी बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीले भने जित निकालेको थियो। त्यो जितसँगै सिटीले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ भने दोस्रो स्थानको चेल्सीको ४२ अंक छ।