काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप छनोटका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले बिहीबार सूचना जारी गर्दै आगामी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी विश्वकप छनोटमा जाने खेलाडी छान्न उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुने बताइएको छ। टि२० विश्वकपको छनोट अन्तर्गत समूह ए का खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछन्। समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन्। समूहको शीर्ष दुई टोलीले टी-२० विश्वकप खेल्न पाउँछन्।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी:
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह।