आइतबार, चैत १९, २०७९

वृद्धि गरिएको पारिश्रमिक नपाए विद्यालय बन्द गर्ने चेतावनी

वृद्धि भएको पारिश्रमिक माग गर्दै मोरङको जहदा गाउँपालिकाका विद्यालय कर्मचारी तथा बाल विकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका छन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

विराटनगर‒ वृद्धि भएको पारिश्रमिक माग गर्दै मोरङको जहदा गाउँपालिकाका विद्यालय कर्मचारी तथा बाल विकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका छन्।

National life insurance

उनीहरुले वृद्धि गरिएको पारिश्रमिक नपाए विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। ०७८ साउनदेखि वृद्धि भएको पारिश्रमिक नपाएको भन्दै जहदाका १ सय १० जना विद्यालय कर्मचारी तथा बालविकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका हुन्। विराटनगरमा विहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपाल सरकारले विनियोजन गरेको बजेट कार्यन्वयनमा नल्याएको बताएका छन्।

स्थानीय तहका प्रमुख कैलाशप्रसाद मण्डललाई भेटेर समस्याबारे ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएको भन्दै पुस १६ गते नेपाल शिक्षक महासंघको नेतृत्वमा गाउँपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष चैतुलाल मण्डलले बताए। उनका अनुसार पुस १८ गते गाउँपालिकाको कामकाज ठप्प पार्न तालावन्दी गरिने र पुस १९, २० र २१ गते तीन दिन जहदाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठन पाठन बन्द गरिने छ ।

पहिलो चरणको आन्दोलनपछि अन्य संघर्षका कार्यक्रम तय गरिने नेपाल शिक्षक महासंघका सचिव कृष्णप्रसाद अधिकारीले बताए। कर्मचारी तथा सहयोगी कार्यकर्ताले संघीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त ८ हजार मात्र अहिले पाईरहेको उनले बताए । स्थानीय तहबाट प्राप्त हुने ७ हजार गाउँपालिकाले नदिएको अधिकारीको भनाइ छ।

गाउँपालिका अध्यक्ष मण्डलले पालिकाको आन्तरिक श्रोत वार्षिक ६० लाख मात्रै भएकाले कर्मचारी, सहयोगी कार्यकर्तालाई दिन नसकिएको बताए। पालिकाले जति सक्छ सोही अनुसार दिने उनले बताए। कर्मचारी, सहयोगी कार्यकर्ताको माग जायज भएपनि सम्वोधन गर्न नसकिएको उनको भनाइ छ। आगामी गाउँपालिकाको बैठकबाट निर्णय गरिने मण्डलले बताए । नेपाल सरकारले बजेटमा आन्तरिक श्रोतबाट पारिश्रमिक वृद्धि गर्ने उल्लेख गरेपनि जहदासँग आन्तरिक श्रोत धेरै नहुँदा समस्या भएको उनले बताए।

worldlink

प्रकाशित: Dec 30, 2021| 02:24. 33 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।