आइतबार, मंसिर ७, २०८२

उपाधि जितेर फर्केकी भलिबल कप्तानले के भनिन् विमानस्थलमा?

नेपाली भलिबल टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले स्वागत गरेका छन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं– नेपाली भलिबल टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले स्वागत गरेका छन्।

National life

विमानस्थलमा टिमलाई स्वागत गर्दै मन्त्रीले भने, ‘आज मात्रै स्वदेश फर्किनु भएको टिमका खेलाडी साथीहरुलाई नेपाल सरकारको तर्फबाट गौरवका साथ स्वागत गर्दछु। अन्तर्राष्ट्रिय खेल मञ्चमा राखेको बर्चस्वले देशको शीर उच्च बनाएको छ। खेलाडीको सान मानले देशको शीर उच्चो भएको छ। यसकारण खलाडीलाई आभार व्यक्त गर्न चाहन्छु।’

मन्त्रीपरिषद्को हिजो (बुधबार) बसेको बैठक खेलाडीलाई ५ लाखको दरले पुरस्कार निर्णय गरेको उनले बताएका छन्। ‘पुरस्कार र सम्मानको कार्यविधि बन्दै गरेको छ। विदेशमा खेल्न जाने क्रममै जानकारी होस् भन्ने गरि कार्यविधि बन्दै छन्। अघिल्लो पटक कार्यविधिको कारण पुरस्कार दिन सकेको छैन,’ मन्त्री गहतराजले भने, ‘सागका अफिसियललाई अझै पुरस्कार दिन सकेको छैन। उपहार पाउनु पदक जित्नु भनेको राज्यको थप आशा भरोषा छ भनेको हो।’

‘हिजो साँझ मात्र सरकारले निर्णय गरेको छ र आगामी एसियाली गेममा हाम्रो पुरुष र महिला टिम नै सहभागी गराउने भन्ने निर्णय गरेका छौं,’ मन्त्रीले भने, ‘दशरथ रंगशाला भित्रै आफ्नै अफिस र खेलकुद हल, कभर्डहल बन्छ। म सरकार र युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट शुभकामना दिन चाहन्छु।’

त्यस्तै नेपाली टिमकी कप्तान अरुणा शाहीले सरकारले दिएको पुरस्कार र आजको स्वागतले आउने दिनमा अझै राम्रो गरेर देखाउने हौषला मिलेको बताएकी छन्। उनले भनिन्, ‘सबै कुरा मिलाएर अघि बढ्ने हो भने धेरै सहज हुन्छ। आउने दिनमा कभर्डहल पनि बनोस् भन्ने हो।’

Laxmi sunrise bank
kumari

सबै टिमका सबैलाई समान पुरस्कारको व्यवस्था गरिदिन उनले मन्त्री गहतराजलाई अनुरोध गरेकी छन्। उनले आफ्नो सुरुआति खेलमा राम्रो नगरे पनि बाँकी खेल राम्रो भएको बताएकी छन्। उनले आफ्नो टममा सहकार्य कम रहेको र सुधार गर्नुपर्ने बताइन्।

नेपाली टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले भने, ‘विषम परिस्थितिमा पनि भलिबल संघले सहभागी गराइदिएकामा धन्यवाद दिन चाहन्छु। सेन्ट्रल जोनका शक्तिशाली राष्ट्रहरुलाई हराएर उपाधि जितेका छौं,’ उनले भने।

प्रकाशित: Dec 30, 2021| 13:27 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।