आइतबार, असार २१, २०८३

मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष केशव पुरीले जानकारी गराए।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- बाग्मती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष केशव पुरीले जानकारी गराए।

प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश छन्। ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ। प्रतियोगितामा ३ सय ३० खेलाडी सहभागी हुने छन्।

प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख १ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रदेश टोलीको यातायात, खाना र बसोवास खर्च आयोजकले व्यहोर्ने अध्यक्ष पुरीले बताए। प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको छ। अन्य प्रायोजकमा ललीतपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका छन्।

पत्रकार सम्मेलनमा प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष प्राध्यापक प्रकास खड्गी, प्रदेश तेक्वान्दो संघका महासचिव हरिहर ढुंगाना, काठमाडौ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति थियो। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।

प्रकाशित: Dec 29, 2021| 21:59 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।