काठमाडौं- नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका छन्।
कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्पm निमाले ५७ केजी मुनि तौल समूहमा र निशालले ७३ केजी तौल समूहमाथि नेपाललाई रजत पदक दिलाएका हुन्। पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५-१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। यद्यपि, फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२-१० ले पराजित हुदै रजतमा चित्त बुभलाउनु पर्यो।
त्यस्तै निशाले फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६-४ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजतमै चित्त बुझाइन्। महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगिता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कांस्य पदक जितिन् । ६८ केजी तौल समूहका वीर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा कोरियाका खेलाडीसँग पराजित हुँदै कांस्य पदकै सीमित भए।
नेपाली टोली हाल ओलम्पियनद्धय संगिना बैद्य र दीपक विष्टको विशेष प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४