आइतबार, असार २१, २०८३

मोरिसससँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी वर्षको जनवरी २९ र फेब्रुअरी १ मा मोरिससको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी वर्षको जनवरी २९ र फेब्रुअरी १ मा मोरिससको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

फिफा वरियतामा १७२औं स्थानमा रहेको मोरिसससँग नेपालको खेल दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ। दुवै मैत्रीपूर्ण खेलहरू फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर मितिहरू अन्तर्गत पर्दछन्।

पछिल्लो पटक दशरथ रंगशालामा नेपालले गएको सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो।

राष्ट्रिय टोली पछिल्लो पटक अक्टोबर १६ मा साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-० ले पराजित भएको थियो। नेपाल पहिलो पटक क्षेत्रीय प्रतियोगिताको फाइनलमा पुगेको थियो। त्यसका लागि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मंगलबार नेपाल आइपुगेका छन्।

प्रकाशित: Dec 28, 2021| 19:06 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।