काठमाडौं- यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल अन्तिम खेलसम्म जितविहीन बनेको छ। दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा सम्पन्न अन्तिम खेलमा नेपालले कुवेतसँग हार व्यहोरेपछि प्रतियोगितामा नेपाल जितविहीन बनेको हो।
नेपालले आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कुवेतले ४८ ओभर ५ बल खेल्दै ९ विकेटको क्षतिमा २४१ रन बनाएर नेपाललाई हरायो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २३९ रन बनायो। खराब सुरुआत गरेको नेपालका ओपनर सन्तोष कार्की र देव खनालले समान ५-५ रन मात्र जोड्न सके। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन साउदले पनि १० रन बनाएर पेबेलियन फर्किए।
चौथो र पाँचौ नम्बरमा मैदान छिरेका विवेश मगर र बसिर अहमले लामो पारी खेल्दै नेपालको विकेट जोगाएका थिए। उनीहरुले ९२ रनको साझेदारी गरे। विवेकले ५० रन बनाए भने बसिरले ५६ रनको रनको पारी खेले।
नेपालका अर्को अलराउन्डर विवेक यादवले रन जोड्न सकेनन्। तर मोहम्मद आदिल आलमले ४९ रन जोड्दै नेपाललाई सहयोग गरे। उनीपछि मैदान छिरेका शेर मल्लले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
यता कुवेतका मिर्जा अहमद र अब्दुल सादिकले समान तीन-तीन विकेट गिराए भने हेनरी थोमस, अब्दुल सादिक र मोहम्मद बस्ताकीले समान २-२ विकेट लिए।
जवाफम कुवेतले सानदार सुरुआत गर्यो। ओपनर मिटले १७५ रनको अर्धशतकीय पारी खेले। उनले २२४ चौका र एक छक्कासहित सो रन जोडेका हुन्। उनीबाहेक अर्का ओपनर जुडेले २५ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गरेनन्।
बलिङतर्फ नेपालका शेर मल्ल, बसिर अहमद र विवेक यादवले समान २–२ विकेट लिए। गुल्सन झाले पनि एक विकेट गिराए।
सेमिफाइनल पुग्ने लक्ष्यका साथ यूएई पुगेको नेपालले कुनै खेलमा जित निकाल्न नसक्दै फर्किएको हो।
नेपालको प्रदर्शन
प्रतियोगितामा तीन खेल खेलेको नेपालका अर्जुन साउले ८९ रन बनाए। त्यस्तै विवेक मगरले ८५ रन बनाए भने विवेक यादवले ७२ रन जोडे। यादवले प्रतियोगितामा तीन विकेट पनि गिराएका छन्।
सिनियर टिममा खेलिसकेका गुल्सन झाले ५५ रन बनाए भने उनले प्रतियोगितामा चार विकेटसमेत लिए।
बंगलादेशसँग भएको पहिलो खेलमा नेपालका कुनै खेलाडीले अर्धशतक बनाउन सकेनन्। गुल्सनले सर्वाधिक ३५ रन बनाएको खेलमा नेपालले १५४ रनको हार व्यहोरेको थियो।
त्यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकासँग ६० रनको हार व्यहोरेको खेलमा नेपालका अर्जुन साउदले अर्धशतक हाने। उनले ८० बलमा ६४ रन बनाए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पनि हो।
त्यसबाहेक नेपालका विवेक यादव र बसिर अहमदले क्रमशः ४६ र ४३ रन बनाएका थिए। त्यो खेलमा पनि नेपालको बलिङ लाइन खासै चल्न सकेन्। नेपालले बंगलादेश र श्रीलंकाको समान ४-४ विकेट गिराएको थियो। श्रीलंकाविरुद्ध मोहम्मद आदिल आलमले दुई विकेट लिएका थिए।
नेपालले अन्तिम खेलमा भने दुई अर्धशतक बनायो। अर्धशतक बनाउनेमा विवेक मगर र बसिर अहमद रहे। विवेकले ५० रन बनाउँदा अहमदले ५६ रन जोडे। त्यस्तै, मोहम्मद भने ४९ रनमै आउट भए।
बलिङतर्फ नेपालका शेर मल्ल, बसिर अहमद र विवेक यादवले समान २–२ विकेट लिए।