मंगलबार, असार ३०, २०८३

मेयरकपमा सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइन विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सप्तरी- क्रिकेट संघको आयोजनामा भएको प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले जित निकालेको छ। रोमाञ्चक खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई रोमान्चक खेलमा ४ रनले पराजित गरेको हो।

सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। बोदे बर्साइनले १९ दशमलब १ ओभरमा ८६ रन बनायो । जवाफमा ८७ रनको लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रनले चुक्न पुग्यो। 

अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक आवस्यक रहंदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक स्थितिमा पुर्याएका थिए।
 
अन्तिम २ बलमा ६ रन आवस्यक रहदा अन्तिम बलमा १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो। बोदे बर्साइनका लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाए। तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २ र २ विकेट लिए।
 
तिलाठीका लागि विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए। खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदेका बलर नन्दन झा घोषित भए। ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सन मार्फत चयन गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।