आइतबार, असार २१, २०८३

नेपालले कुवेतलाई दियो २४० रनको लक्ष्य

यूएईमा जारी एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– यूएईमा जारी एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभर तीन बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २३९ रन बनाएको हो। खराब सुरुआत गरेको नेपालका ओपनर सन्तोष कार्की र देव खनालले समान ५–५ रन मात्र जोड्न सके। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन साउदले पनि १० रन बनाएर पेवेलियन फर्किए।

चौथो र पाँचौं नम्बरमा मैदान छिरेका विवेश मगर र बसिर अहमले लामो पारी खेल्दै नेपालको विकेट जोगाएका थिए। उनीहरुले ९२ रनको साझेदारी गरे। विवेकले ५० रन बनाए भने बसिरले ५६ रनको रनको पारी खेले।

नेपालका अर्को अलराउन्डर विवेक यादव भने शून्य रनमै आउट भए। तर मोहम्मद आदिल आलमले ४९ रन जोड्दै नेपाललाई सहयोग गरे। उनीपछि मैदान छिरेका शेर मल्लले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता कुवेतका मिर्जा अहमद र अब्दुल सादिकले समान तीन–तीन विकेट गिराए भने हेनरी थोमस, अब्दुल सादिक र मोहम्मद बस्ताकीले समान २–२ विकेट लिए।

प्रकाशित: Dec 28, 2021| 14:33 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।