शुक्रबार, माघ २, २०८२

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप खेल्न पुस ५ गते बंगलादेश गएको नेपाली टिमको दुई लक्ष्य थियो।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप खेल्न पुस ५ गते बंगलादेश गएको नेपाली टिमको दुई लक्ष्य थियो। महिला टिमको उपाधि रक्षा गर्ने लक्ष्य थियो भने पुरुष टिमले पनि गुमेको शाख फर्काउँदै एक पदक जित्ने लक्ष्य राखेको थियो।

National life

दुई वर्षअघि घरेलु मैदानमै भएको प्रतियोगितामा नेपाली पुरुष टिम समूह चरणबाटै बाहिरिएको थियो। त्यही वर्ष बंगलादेशमा आयोजना भएको महिलातर्फको प्रतियोगितामा भने नेपालले स्वर्ण पदक जितेको थियो।

त्यसै मेसोमा नेपालले महिलातर्फ सोचेझैैँ उपलब्धि हासिल गरेको छ। बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि रक्षा गर्यो। र, नेपालले लगातर दुई पटक स्वर्ण पदक जित्यो।

बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा नेपालले पहिलो खेलमा दुई सुरुआति दुई सेट गुमाएर श्रीलंकालाई ३–२ ले हराएको थियो। त्यो खेलपछि नेपाली टिमका प्रशिक्षक जगदिश भट्टले नेपालको टिमले आफ्नो क्षमता अनुसारको खेल देखाउन नसकेको बताएका छन्। तर त्यसपछि नेपालले लगातार आफ्नो क्षमताअनुसारको खेल्यो र जित निकाल्यो। बंगलादेश, माल्दिभ्स, उज्ज्वेकिस्तान र कीर्गिस्तानलाई समान ३–० सेटमा हरायो।

सोमबार दिउँसो नेपालले कीर्गिस्तानलाई हराएपछि ऊ अपराजित रहँदै फाइनल पुग्यो। फाइनलको पहिलो सेटमा ७–१३ ले पछि परेको अवस्थामा नेपालले कमब्याक गर्दै १८–१८ को बराबरी गरेको थियो। त्यसपछि अग्रता बनाएको नेपालले २२–२२ र २३–२३ मा बराबरी गर्दै नेपालले २६–२४ ले जित निकाल्यो।

Laxmi sunrise bank
kumari

दोस्रो सेटमा ७–७ को बराबरीको अवस्थाबाट १८–१५ ले पछि परेको थियो। नेपालविरुद्ध २१–१६ को अवस्थामा अघि रहेको उज्ज्वेकिस्तानले २३–१९ को अग्रता बनाएको थियो। तर प्रशिक्षकले अधिक सब्स्टिच्युसन गरेको कारण नेपालले एक अंक पाएको थियो।

त्यसपछि २३–२३ को पुनरागमन गरेको नेपालले २४–२६ ले नै हार बेहार्यो। तेस्रो सेटमा सुरुबाटै पछि परेको अवस्थाबाट नेपालले ८–५ को अग्रता बनाएको थियो। खेलमा १०–१० को बराबरी भएपछि नेपाल १६–१० ले अघि बढेको थियो। अग्रतालाई कायम राख्दै नेपालले २५–१५ को जित निकाल्दै खेलमा २–१ को अग्रता बनाएको हो।

त्यस्तै, तेस्रो सेटमा नेपालले १०–१० को बराबरीबाट अघि बढ्दै १७–१५ को अग्रता बनाएको थियो। तर १८–१८ को बराबरीपछि पुन अग्रता बनाएको नेपालले २२–२५ को हार बेहोर्यो। यससँगै खेल अन्तिम सेटमा पुग्यो।

अन्तिम सेटमा रक्षापंक्तिमा कमजोरी गरेको नेपालले सुरुमै ४–६ ले पछि परेको अवस्थालाई उल्टाउँदै ९–७ को अग्रता बनाएको थियो। सो अग्रतालाई कायम राख्दै नेपालले १५–११ यससँगै नेपालले लगातार दोस्रोपटक सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन कपको उपाधि जितेको हो।

यससँगै नेपालले लगातार दोस्रोपटक सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन कपको उपाधि जितेको हो। पुरुषतर्फको खेल भने आज दिउँसो सवा १ बजे नेपालले तेस्रो स्थानका लागि उज्ज्वेकिस्तानसँग खेल्नेछ।

प्रकाशित: Dec 28, 2021| 14:24 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।