आइतबार, असार २१, २०८३

एसिया कपको अन्तिम खेलमा नेपालले कुवेतको सामना गर्दै

आफ्ना सुरुका दुई खेलमा लज्जास्पद हार बेहोरेको नेपालले मंगलबार सान्त्वना जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजय भएको थियो।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ। दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।

आफ्ना सुरुका दुई खेलमा लज्जास्पद हार बेहोरेको नेपालले मंगलबार सान्त्वना जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजय भएको थियो।

यससँगै नेपालको सेमिफाइनल यात्रा टुंगिएको थियो। दुई हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाई हराउने रणनीतिका साथ खेल्नेछ।

यता कुवेतले पनि दुई खेलमा हार बेहोरिसकेको छ। ऊ पनि सान्त्वना जित निकाल्ने दाउमा रहनेछ। यता समूह बी बाट जित निकालेका बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित: Dec 28, 2021| 08:55 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।