काठमाडौं- युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ। दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।
आफ्ना सुरुका दुई खेलमा लज्जास्पद हार बेहोरेको नेपालले मंगलबार सान्त्वना जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजय भएको थियो।
यससँगै नेपालको सेमिफाइनल यात्रा टुंगिएको थियो। दुई हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाई हराउने रणनीतिका साथ खेल्नेछ।
यता कुवेतले पनि दुई खेलमा हार बेहोरिसकेको छ। ऊ पनि सान्त्वना जित निकाल्ने दाउमा रहनेछ। यता समूह बी बाट जित निकालेका बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन्।