बिहीबार, भदौ ४, २०८३

माओवादीको केन्द्रीय कमिटी ६ उपाध्यक्षसहित २९९ सदस्यीय हुने

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन्। बन्दसत्रमा गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रमा ६ उपाध्यक्षसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन्। बन्दसत्रमा गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष तथा पार्टीको केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ।

यसअघि बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको समूह विभाजन गरेर प्रचण्डले प्रस्तुत गरेका वैचारिक तथा राजनीतिक दस्ताबेज र गुरुङले प्रस्तुत गरेका विधान मस्यौदामाथि छलफल हुनेछ।

प्रतिनिधिहरूको २५ समूह बनाएर राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसका लागि बन्दसत्रमा समूह विभाजनको तयारी भइरहेको युवा नेता युवराज चौलागाईंले जानकारी दिए।

प्रकाशित: Dec 27, 2021| 15:55 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...